के तपाईलाइ ढाड दुख्ने समस्या छ ? कपुर हुनेछ अचूक औषधि

काठमाडौं । कपुरको प्रयोग पूजापाठको लागी धेरैले प्रयोग गर्ने गरेका छन् । यसलाई औषधिको रुपमा सही तरिकाले प्रयोगमा ल्याउन सकिएमा विभिन्न बिरामीको उपचार सजिलै गर्न सकिन्छ । यदि कसैलाई दम रोगमा यो अचूक औषधि साबित हुनेछ ।

१ भाग फुराएको हिङमा १ भाग कपुर मिसिएर केराउको दाना जत्रो गोली बनाउने र २/२ गोली तातो पानीसँग बिहान/बेलुका सेवन गर्ने तथा तारपिनको तेल छातीमा लगाउनाले दम रोग केही महिनामा नै ठीक हुन्छ । यस्तै ढाड दुखेमा पनि यसले फाइदा गर्दछ । २ पुरिया कपुरमा एउटा कागतीको रस मिसाएर मनतातो पारी दुखेको ठाँउमा लगाउनाले ठीक हुन्छ । यसको साथै कपुरको महत्वपूर्ण फाइदाको बारेमा आज हामी चर्चा गदैछौं ।

१. पुरानो खोकीमा– सूठो, पिप्ला र मरिच १-१ भाग तथा ३ भाग कपुर पानी हालेर केराउको गेडा जत्रो गोली बनाउने १(१ गोली दिनमा खिनमा ३/४ पटक चुस्ने गरेमा पुरानो खोकी ठीक हुन्छ ।

२. खोकी लागेमा– साधारण खोकीमा कपुर बालेर धूवाँ सुँघ्नाले ठीक हुन्छ ।

३. आउँ, बाथ भएमा– २ चक्की कपुर र आधा चम्चा सूठो १ ग्लास पानीमा पकाएर खाने बेलामा खाने गरेमा जीर्ण, आउँ, बाथ सबै ठीक हुन्छ ।

४. पुरानो बाथमा– १ डाडु रायोको तेलमा १ चम्चा कपुर तताएर मालिस गर्दा पुरानो गठिया बाथ आदि ठीक हुन्छ ।

५. निद्रा नलाग्नेमा, मुर्छा पर्ने रोगमा– फुराएको हिङ १ भागमा कपुर १ भाग मिसाएर केराउ जत्रो गोली बनाएर २-२ गोली तातोपानीसँग खाँदा निद्रा लाग्छ र उन्माद् मुर्छा पनि ठीक हुन्छ ।