मिन सकुन्तला खरेल दम्पतीले बेलायतबाट लक्ष्मी प्रतिष्ठानलाई रु पचास हजार १ सयको सहयोग गर्यो !

नेपालको बिभिन्न जील्ला र बिकट गॉउ अनि बस्तिहरूमा सामाजीक सेवा , मानब हित र शिक्षाको उज्यालो दिप जगाउदै हिड्नु भएका समाजीक अभियन्ता लक्ष्मी प्रतिष्ठान नेपालका अध्यक्ष बिष्णु गौतम सामाजीक सेवा तथा सहयोग को लागि बिबिध कार्यक्रम गर्दै सामाजिक सेवामा अग्रसर हुनु हुन्छ । त्यस्तै उहाले सामाजिक संजाल मार्फत सहयोगी मनहरुले सहयोग गरेको रकम अपडेट गर्नु भएको छ ।

बिष्णु गौतमको स्टाटस :

बेलायतको स्कटल्याण्डबाट लक्ष्मी प्रतिष्ठानलाइ सहयोग। स्कटल्याण्डबाटको ग्लासगो बस्नुहुने श्रद्धेय मिन+सकुन्तला खरेल दम्पतीले बेलायतबाट लक्ष्मी प्रतिष्ठानलाई रु ५०,१००/ सहयोग उपलब्ध गराउनु भएको छ। श्रदेय खरेल ज्यु आफु नेपाल आएको बेला पारेर सहयोग रकम उपलब्ध गराउनु भएको हो।

एघार बर्ष अगाडी अत्यन्तै संवेदनशील अबस्थामा सथापना गरिएको प्रतिष्ठानले शिक्षा स्वास्थ्य ,सिप विकास ,महिला सशक्तिकरण लगायत सवारी सचेतनाका क्षेत्रमा बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ।

चितवन जिल्लाको राप्ति नगरपालिका १३ कान्दाको (कान्देश्वरी आधारभूत बिद्यालयका बालबालिकाहरुलाई लक्षित गर्दै सोही बिद्यालय परिसरमा र पास आउट भै माध्यमिक लेबलमा पुगेका बालबलिकहरुकालागी काभ्रेको चौरी देउराली ४ गुमटी गाउँमा गरी संचालित छात्रावासमा गरेर करिब २०० जना बालबालिकाहरुले निशुल्क सेवा पाउँदै आइरहेका छन्। प्रतिष्ठानले गर्दै आएका मानवीय कार्यमा सहयोग पुर्याई हामीलाई थप हौसला समेत प्रदान गर्नुहुने श्रद्देय खरेल दम्पति लगायत सम्पूर्ण परिवारलाई हाम्रो उच्च सम्मान तथा मुरी मुरी धन्यवाद। सबैको जय होस्