सासु रुदै मिडियामा, लक्ष्मीलाई भगाउनेको पर्दाफास, कोही नहुँदा कोठामा आउने केटा को थिए ?

पोखरा लक्ष्मी काण्ड :

निर्मला परियार बाग्लुङदेखी पोखरा माघेसक्रान्तिको दिन रुदै कराउँदै आईन् । पुषको अन्तिम दिन देखी बेपत्ता भएकी एकमात्र बुहारी लक्ष्मी परियार हराएपछि बिचरा ११ र ६ बर्षका नातीलाई सम्झदै उनी पोखरा आईन् । छोरा दलबहादुर बैदेशीक रोजगारीको क्रममा दुबई छन् ।

छोराले केही दिन अघिमात्र एक लाख पैसा पठाएको र केही दिनमै बुहारी सबै पैसा, गरगहनासहित बेपत्ता भएपछि उनी डाँको छोडेर रुन थालेकी छन् । नातीहरु राम्रो स्कुलमा पढुन भनेर गाउँदेखी पोखरा पठाएको र छोराले कमाएको सबै पैसा उसैसंग भएको खुलासा समेत गरिन् ।

उनी पोखरा आएर लक्ष्मीको कोठामा गएर बुझ्दा छिमेकीहरुले एकजना मान्छे बेला बेलामा कोठामा आउने गरेको समेत बताएको खुलासा गरिन् । लक्ष्मीकै सानो ६ बर्षिय छोराले समेत कोठामा कोही नहुँदा एकजना अंकल आउने गरेको खुलासा समेत गरेका थिए । लक्ष्मीको खोजिकार्य परिवार र जिल्ला प्रहरी कास्कीले गरिरहेको छ ।

हेर्नुहोस् यो ह्दयबिदारक भिडियो ।