आस्था राउत र प्रहरीबीच भएको बिबादको भिडियो बाहिरिएपछि आस्थाले दिइन यस्तो स्पष्टिकरण (भिडियो सहित)

गायिका आस्था राउतले आफूलाई महिला प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाएकी छिन् । झापाको भद्रपुर विमानस्थलमा ड्युटीमा खटिएकी महिला प्रहरीले आफूलाई असभ्य व्यवहार गर्दै ‘तँ’ शब्दको प्रयोग गरेको राउतले बताइन् । उनी बुधबार सिक्किम जाने क्रममा ती महिला कर्मचारीले अभद्र व्यवहार गरेको बताउँदै उनले भनिन्, ‘महिलाले महिलाको सम्मान गर्दैन, कलाकारको सम्मान छैन । ुप्रहरी मेरो साथीु अभियान हटाए हुन्छ ।’ एअरपोर्टबाट बाहिरिएपछि राउतले प्रहरी प्रशासनमाथि आक्रोश पोख्दै फेसबुक लाइभमा भनिन्, ‘एअरपोर्टबाट ३३ किलो सुन छिर्छ, दुनियाँ छिर्छ, लागुऔषध छिर्छ । कसैलाई खोल् ज्याकेट भन्ने हो राम्रोसँग भन्न सकिँदैन ‘ठूला ठूला पदमा भएकाले ‘हजूर’ भन्ने अनि अरुले चाहिँ ‘तँ’ भन्न मिल्छ जबसम्म तलकाले राम्रो व्यवहार गर्दैनन्, तबसम्म माथिकाले ुहजूर भनेर के काम ’ उनले भनिन् । साथै आस्था राउतले भिडियो लाइभपछि फेसबुकमा पोस्ट लेख्दै आफू आवेगमा आएको र प्रशासनले व्यवहारमा सुधार गर्नु पर्ने बताएकी छिन् । फरि पनि फेसबुक लाइभमा आएर रुदै करिब ३७ मिनेटको भिडियो बनाएकी छिन । हेरौ सोही भिडियो ।