विश्वकै होचो व्यक्तिको रेकर्ड बनाएका खगेन्द्रको निधन

केही समय होचा व्यत्तिको विश्व कीर्तिमान राखेका खगेन्द्र थापा मगरको निधन भएको छ । खगेन्द्रको शुक्रबार दिउसो पोखराको मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि थापालाई बिहीबार अस्पतालमा भर्ना गरिएको थियो । मणिपाल अस्पतालको सघन उपचारकक्ष (आइसियु) मा भर्ना भएका थापा मगरको शुक्रवार दिउसो ३ बजे निधन भएको खगेन्द्र थापा मगर प्रतिष्ठानका सदस्य दीननाथ बरालले जानकारी दिए । थापामगरको निधन निमोनियाका कारण भएको चिकित्सकले बताएका छन् ।

बाग्लुङ धुल्लुवासकोट ६ का खगेन्द्र थापा मगर ले २०६७ असोज २८ मा विश्वकै होचा व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाउन सफल भएका थिए । ५७ सेन्टिमिटर अर्थात् २२ दशमलव ४ इन्च रहेका थापालाई वल्र्ड रेकर्ड टोलीले परीक्षण पश्चात विश्वकै सानो बच्चाको उपाधि दिदै मेडल दिएका थियो ।