५ रुपैयाँको खाना बेच्ने ठाउँमा बिर्तामोडबाट आए एक हुल युवा,यस्तोसम्म भन्दा कुमार बने भावुक (हेर्नुहोस भिडियो)

झापा दमकमा ५ रुपैयाँमा सादा खाना र १० रुपैयामा मासु खाना पेटभरि खान पाउँदा सबै चकित बनेका छन । दमकका केहि युवाहरुले एउटा सकारात्मक अभियान सञ्चालन गरेका हुन । भोकाएका मानिसलाई शुद्ध खाना खुवाउने र खाना खाएका ग्राहकहरुबाट संकलित रकम मिर्गौलाको समस्याबाट पीडित २५ बर्षिय एक युवाको उपचारका लागि खर्चिने अभियान चलाएका हुन् । इलाम चुलाचुली ५ का २५ बर्षिय शुकराज लिम्बुका दुवै मिर्गौला खराब भएपछि उपचारमा आर्थिक सहयोग जुटाउने उदेश्यले ५ रुपैयाँमा भात खुवाउने अभियान चलाइएको हो ।

सो स्थानमा युवाहरुले उपलब्ध गराउने एक छाक भात काे मुल्य ५ रुपैयाँ तोकिएपनि सहयोगी मन भएका धेरैले तोकिएको मुल्यसंगै विरामी शुकराजको उपचारका लागि सहयोगी हात अघि बढाएमा यो अभियानको प्रभावकारिता बढ्ने अभियानका प्रमुख कुमार राइले बताए । अभियानमा दमक १ निवासी कुमार राईसंगै लक्ष्मण प्रधान, विवेक श्रेष्ठ, युवन गुरुङ, युवराज गजमेर, सत्यनारायण चौधरी, टोसी आनन्द र सोनि राई सक्रियतापूर्वक जुटेका छन् ।सहयोगी संस्था र दाताहरुले खानाका लागि आवश्यक पर्ने सामाग्री उपलब्ध गराउने र खाना खान आउने ग्राहकले दिएको सहयोग रकमले विरामीको उपचारमा सहयोग पुग्ने अपेक्षा अभियानकर्ताहरुको छ । अभियानकर्ताहरुले अभियानमा सहभागितालाई हेरेर निरन्तरता दिने सोच बनाएका छन् ।

उनीहरुले सके सम्म शनिबार सातामा एक पटक मासु खाना प्रति छाक रु १० मा उपलब्ध गराएर अचम्मै गरेका छन ।आज बिर्तामोडबाट युबाहरु आइपुगेका छन । उनिहरुको समुह आएपछी एकाएक भिड बढेको थियो । के के भने त उनिहरुले कुमार भावुक बनेर यस्तोसम्म भनेका छन तलको भिडियोमा हेर्नुहोला