ग्लास्गो नेपाली समाज कम्यूनिटीले गर्यो रक्तदान कार्यक्रम ।

कृष्ण देवकोटा , ग्लास्गो

‘रक्त दान गरौं जिवनदान गरौं‘ भन्ने भावनालाई आत्म साथ गर्दै ग्लास्गो नेपाली साउथ साईड कम्युनिटीले ग्लास्गो नेपाली समाजमा पहिलो पटक रक्त दान कार्यक्रमको आयोजना गरेकोछ ।

ग्लास्गो स्थित नेल्सन मण्डेला ब्लड डोनेशन सेन्टरमा स्कटिश नेशनल ब्लड ट्रन्सफूजन सरभिसको सहयोगमा यो कार्यक्रम चलेको हो ।

उक्त कार्यक्रममा ग्लास्गो नेपाली समाजवाट ३५ जनाले रक्त दान गरि सकेको र अन्य वाँकी दाताहरु अर्को हप्ताको पर्खाईमा रहेको कम्युनिटीका महा सचिव तथा रक्त दान कार्यक्रम संयोजक केवल पोख्रेल जानकारी गराए ।

१२ पटक रक्त दान गरेका पोख्रेलसंगको भेटमा उन्ले भने -“हामी समाज सेवाको नाममा खान पिन र रंग रमाईलोमा धेरै समय र पैसा खर्च गर्छौं तर जहा फ्रिमा असली समाज सेवा गर्न पाईराखेका छौं यता हाम्रो ध्यान अली कम गहिरहेको जस्तो लाग्छ ।” “हाम्रो शरीरमा मरेर जाने रगतले कसैले जिवन दान पाउन सक्छ भने किन नगर्ने ? “उन्को उत्साह जनक प्रश्न थियो । कुनै आर्थिक दान गर्दा जती पुण्य प्राप्त हुन्छ त्यो भन्दा वढी पुण्य रक्त दान वाट मिल्ने कुरामा विश्वस्त भएको पोखरेलले थपे ।

पछिल्लादिनहरुमा ग्लास्गो साउथ साईड नेपाली कम्यूनिटीले गरेका कामहरुको चारैतिर प्रसंसा हुदै आईरहेको छ ।