भाइरल दृस्टिबिहिन दिदिबहिनीको घरमा पुग्दा देखियो यस्तो दर्दनाक अवस्था,आमाको झनै बिजोक मन थामेर हेर्नुहोस भिडियो

मोरङ केराबारी गाउँपालिका वडा नम्बर दुई सिंहदेबिको फाङ्दुवाका गरिब दृस्ठिबिहिन परिवारको घरमै पुग्दा देखियो दर्दनाक अवस्था । घरमा दृस्टीबिहिन साना साना दुई जना छोरीहरु रहेछन । आमा र दुई छोरीहरुको यति बिजोक रहेछ कि देख्दा सबैको आँखा रसाउने छ । आमा पनि राम्रोसँग आँखा नदेख्ने अनि मानसिक रुपमा पनि अशक्त रहिछिन ।हिडडुल गर्न नसक्ने अवस्थामा पुगेकी छिन भने बुबाले दुई बर्ष अगाडि नै यो सन्सार छाडेर गएका रहेछन । साना बालिकाहरुका बुबाले उनिहरुलाई एक्लै पारेर सन्सारै छाडेर गएपछी झनै बिजोक बनेको परिवारमा कसैको साथ नभएको पाइयो ।

आमाको हिड्न सक्ने अवस्था नै छैन छोरिहरु साना त्यसमाथी आँखा देख्दैनन । सारै दुर्गम ठाउँ यातायात स्वास्थ शिक्षा सबै कुराको अभाव रहेछ । लेटाङ निवासी समाजसेवि शान्ति पाख्रीनले पहिलोपटक सामाजिक संजाल फेसबुकमा नानिहरुको निकै कारुणिक फोटो हालेपछी एकाएक भाइरल बनेको थियो आज उनै शान्ति पाख्रीन,दिपक न्यौपाने, कुमार राई योबन गुरुङ र सुपर अनलाइन टिभिका संचारकर्मी तथा कलाकार समीर सुबेदी लगायत धेरै संचारकर्मीहरुको टोलि सहयोग लिएर ती साना नानिहरुको घरसम्म पुगेका छन ।

तपाई पनि नानीहरुलाई केही सहयोग गर्न चाहनुहुन्छ भने सुपर अनलाइन टिभीका समीर सुवेदीलाई 9814930736, मा सम्पर्क गरेर गर्नुहोला । त्यसैगरी शान्ति पाख्रीन 9852041560 र कुमार राई लाई 9801456999 मा सम्पर्क गरेर पनि सहयोग गर्न सक्नुहुनेछ । उनिहरुको घरको यस्तो अवस्था हेर्दा कस्को मन रुदैन होला! नानिहरु उनिहरुकि आमा अनि घरको सम्पुर्ण विवरण तलको भिडियोमा मन थामेर हेर्नुहोला