तनहुँ, किलचोक अकला देवी मन्दिर धार्मिक पर्यटकिय क्षेत्रमा सुचिकृत गरिने पर्यटन मन्त्री

तनहुँ म्याग्दे गापा ३ किलाचोक अकला देवी मन्दिरको अबलोकन भ्रमण , भेटघाट र भ्रमण वर्ष २०२० लाई लक्षित गरी मन्दिर ब्यबस्थापन समितिले मन्दिरको प्रबर्धन गर्न गण्डकी प्रदेश सरकार पर्यटन मन्त्रालयका मन्त्री बिकास लम्साल लाई २०७६/९/२३ गते एक कार्यक्रम बीच पशुपति नाथको शैलीमा , परम्परागत बैधिक बिधि अनुसार मौलिक ईट्टा र काठ बाट निर्मित अकला देवी मन्दिरमा तामाको छाना हाल्ने काममा दक्ष कालिगण लाई काम हस्तान्तरण गर्नु भयो ।

सो कार्यक्रममा अकला देवी निर्माण समितिका संयोजक रामभक्त घिमिरेले अकला देवी मन्दिर लाई धार्मिक पर्यटकिय क्षेत्रमा सुचिकृत गर्न र बनिरहेको अपुरो मन्दिरको डिपिअर लाई पूर्णता दिन राखेको प्रस्ताब लाई गण्डकी प्रदेश सरकार पर्यटन मन्त्रालयका मन्त्री बिकास लम्साल प्रदेस सासद आसा कोईराला, दोबाटे बिक , आसा कोईराला , जिल्ला समन्वय प्रमुख ,शान्तिरमण वाग्ले ले समर्थन गर्दै आफ्नो भनाई राखेका थिए सो कार्यक्रमको सभापति मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष मिन बहादुर वरै मगरले गर्नु भएको थियो भने स्वागत मन्तव्य जानकी सारु मगरले गर्नु भएको थियो सो कार्यक्रममा , जिल्ला समन्वय उप प्रमुख ,विभिन्न कार्यालय प्रमुख , गापा अध्यक्ष, उपाध्यक्ष, वाडा अध्यक्ष ,जनप्रतिनिधि ,स्थानीय व्यक्तिहरुको बाक्लो उपस्थिथि रहेको थियो ।

पुरानो ऐतिहासिक एवं धार्मिकस्थल अकलादेवी मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा पुगेकाले मन्दिरमा तामाको छानो छाउन अब १० दिनभित्र सकिनेछ र गजुर हाली चैत्र महिना साम्म मन्दिर उद्घाटन हुने निर्माण समितिका संयोजक रामभक्त घिमिरेले जानकारी दिनुभयो ।