धुर्मुस र सुन्तलिको एक मात्र सन्तान शुबिहानिको मन छुने भिडियाे

धुर्मुस र सुन्तलीले चितवनमा निर्माणा गरिरहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थल बाट आयो यस्तो संदेश : धुर्मुस आफ्नो फेसबुक वालमा लेख्नु हुन्छ :
समस्त रेडियोकर्मी रेडियो संचालक, कार्यक्रम निमार्ता , प्रस्तोता तथा टिकटक प्रेमी मित्रहरुमा म सिताराम कट्टेल धुर्मुस जनस्तरबाट निर्माण गरिने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण स्थल चितवनबाट सादर अनुरोध।

सेन्टि भाईरस बर्षै देखिको निरन्तर मेहेनेत र परिश्रम पछि हामीले चालेको यो अर्को फड्को हो । हाम्रो अघिल्ला सबै प्रयासमा जस्तै यो चलचित्रमा पनि तपाईको साथ सहयोग माया हामीले अपेक्षा गरेका छौं । टि.भि.मार्फत् सधैं हसाउथ्यौं । पछि स्टेजमा पुग्यौं । सँगसँगै समय र परिस्थितीले बस्ति बस्तिमा हामी न्यानो खोज्न र दिन पुग्यौं । अब हामी यसलाई दिगो र निरन्तारता दिन चाहान्छौं । त्यसैको प्रयास एका तिर हामी चितवनमा जनस्तरबाट निर्माण गरिने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानमा छौं सँगै चलचित्र निर्माणमा पनि ।

यति बेला फागुन ९ गते देश भरि प्रदर्शन गर्ने उदेश्य सहित हामीले ( धुर्मुस र सुन्तली सहितको टिमले ) निर्माण गरेको नेपाली चलचित्र सेन्टि भाईरसको एउटा गित हिजो पुस ३ गतेबाट तपाईको माझ प्रस्तुत गरेका छौं । आशा छ तपाईले जति धेरै यो गितको टिक टक बनाई दिनु हुन्छ जति धेरै पटक यो गित तपाईको प्रशारण संस्थाबाट बजाई दिनु हुन्छ त्यति नै साथ माया र समर्थनको भाव हामीलाई हुनेछ । यो हाम्रा लागि तपाईको ठुलो सहयोग हुनेछ । नेपाली सिनेमाले सफल सिनेमा मात्रै पाउने छैन, जनस्तरबाट निर्माण गरिने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानको पनि हिस्सा हुने छ । त्यसैले हामी ढुक्क भएर तपाईसँग अनुरोध गर्दैछौं यो सामाजिक अभियानको तपाई साथ चाहिएको छ ।

नेपाली चलचित्र सेन्टि भाईरसको गित तलको लिंकमा गएर हेर्न र सुन्न पाईन्छ । बाँकि हजुरकै बिचार ।

जनस्तरबाट निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानमा हामी सबैले अपनत्व ग्रहण गरौं । हाम्रो रङ्गशाला, हामी बनाउँछौं महाअभियानमा यहाँहरुको सहभागिताको अपेक्षा सहित यस अभियानमा आर्थिक सहयोग गर्नका लागी धुर्मुस सुन्तली फाउण्डेशनको खाता रहेको नेपाल इन्भेष्टमेन्ट बैंक (०४००१०३०२५८७५३), सिद्धार्थ बैंक (०१०१५१२५०६८) र मुक्तिनाथ बिकास बैंक (०४८१०२००२४५७४३०००००१) मा सहयोग जम्मा गर्न सक्नुहुनेछ । थप जानकारीका लागी धुर्मुस सुन्तली फाउण्डेशनको सम्पर्क नम्बर ०१४४८२९७१ मा सम्पर्क गर्नुहोला ।