पाँचमा खाना बेच्दा अचानक यस्तोसम्म कस्ले गर्यो,भावुक हुँदै भन्छन गरिबका लागि ज्यान दिन्छु,आँसु आउने भनाइ (हेर्नुहोस भिडियो)

५ रुपैयाँमा सादा खाना र १० रुपैयामा मासु खाना पेटभरि खान पाउँदा अनि एक रुपैयाँमा सुत्ने कोठासम्मको ब्यबस्था भएपछी सबै छक्क परेका छन । दमकका युवाहरुले बुधबारदेखि एउटा सकारात्मक अभियान सञ्चालन गरेका हुन । भोकाएका मानिसलाई शुद्ध खाना खुवाउने र खानाबाट उठेको पैसा इलाम चुलाचुली ५ का २५ बर्षिय शुकराज लिम्बुका दुवै मिर्गौला खराब भएका कारण उपचारमा आर्थिक सहयोग जुटाउने उदेश्यले ५ रुपैयाँमा भात खुवाउने अभियान चलाइएको हो।

सो स्थानमा युवाहरुले उपलब्ध गराउने एक छाक भात काे मुल्य ५ रुपैयाँ तोकिएपनि सहयोगी मन भएका धेरैले तोकिएको मुल्यसंगै विरामी शुकराजको उपचारका लागि धेरै नै पैसा दिएर सहयोगी हात अघि बढाएमा यो अभियानको प्रभावकारिता बढ्ने अभियानका प्रमुख कुमार राइले बताए । अभियानमा दमक १ निवासी कुमार राईसंगै लक्ष्मण प्रधान, विवेक श्रेष्ठ, युवन गुरुङ, युवराज गजमेर, सत्यनारायण चौधरी, टोसी आनन्द र सोनि राई सक्रियतापूर्वक जुटेका छन् ।

सहयोगी संस्था र दाताहरुले खानाका लागि आवश्यक पर्ने सामाग्री उपलब्ध गराउने र खाना खान आउने ग्राहकले दिएको सहयोग रकमले विरामीको उपचारमा सहयोग पुग्ने अपेक्षा अभियानकर्ताहरुको छ । अभियानकर्ताहरुले अभियानमा सहभागितालाई हेरेर निरन्तरता दिने सोच बनाएका छन् । तर पाँच रुपैयाँमा खाना बेच्दा चौतर्फी बिरोध अनि चारैतिरबाट नराम्रो शब्द प्रयोग गरेर धम्की समेत आएपछी भावुक हुँदै कुमार मिडियामा आएका छन ।

आँखाभरि आँसु बनाएका कुमारले अब आफू गरिब दुखी र पिडामा रहेका नेपालीहरुका लागि ज्यान दिन पनि पछि नहट्ने बताए । उता बिराटनगरमा पनि गरिबकै लागि चलाइएको अभियानका अभियानता पनि दमकमा आइपुगेर कुमारसंग भेटेका छन । बिराटनगरमा पनि धम्कि आउन थालेपछी अब आफुहरुले अब नयाँ यस्तो योजना बनाउन लागेको पनि बताए । कुमारले आँखाभरी आँसु पारेर भावुक हुँदै यस्तोसम्म भनेको सुन्दा कस्को मन रुदैन होला तलको भिडियोमा हेर्नुहोला