म श्रीमती पीडित हो पुरुषको आँसु देख्दैन रहेछ यो समाजले भन्दै भक्कानिए तेज भण्डारी (मार्मिक भिडियो सहित)

आज भोली निकैनै चर्चामा रहेका तेज भण्डारी आफुलाई श्रीमती पिडित भन्दै र उनलाई आजको दिन सम्म न्याय न मिलेको भन्दै मिडियामा आएका छन् । उनि भन्छन महिला हिंसा, महिला अधिकारको कुरासँगै आज म एउटा पुरुष हिंसाको विषय उठान गर्न चाहन्छु भन्दै उनले आफु कान्छी श्रीमती बाट पिडित र ठगी भएको भन्दै आवाज उठाउदै आएका छन् ।

मेरो पुरानो घर रामेछाप, पिङ्खुरी हो । झापा गाउँपालिका वडा नम्बर ६ मा म विगत केही वर्षहरुदेखि बस्दै आएको छु । म पूर्व सैनिक हुँ । नेपाली सेनामा मैले काम गर्दागर्दै मेरी श्रीमतीको आग्रह अनुसार म जागिर छाडेर विदेश गएँ । धेरै युद्ध हुने देश अफगानिस्तानमा ८ वर्ष मैले काम गरेँ । त्यहाँ सुपरभाइजरको रुपमा कार्यरत थिएँ । अफगानिस्तानमा कुन बेला को मर्छ ठेगान हुँदैन थियो । मैले ज्यानको बाजी मारेर त्यहाँ काम गरेँ । काम गरे अनुसार कमाइ पनि मेरो राम्रो थियो । मैले त्यहाँ बसुन्जेल ज्यानको प्रवाह नगरी काम गरेँ र करोड रुपैयाँ हाराहारीमा कमाएँ ।

मैले विदेश बाट कमाएको रकम पकेटमनी बाहेक सबै रकम म मेरी श्रीमतीलाई पठाउथेँ । ज्यानको खतरा भए पनि कमाइ एकदमै राम्रो थियो । तर, सधैँ पैसाको पछिमात्रै लाग्नु हुँदैन भन्ने मनमा सोचेँ । मलाई लगभग पुग्ने कमाए भन्ने भयो । झापामा घर समेत आफ्नो नाममा बनिसकेको थियो । विभिन्न ठाउँहरुमा लगानी समेत श्रीमतीले गरिसकेकी थिइन् । विदेशमा पसिना बगाएर जोडेको सम्पत्तिले परिवारसँग खुसी साट्छु भन्ने निधो गरेँ । बाकी उनले विस्तृत जानकारी सहित स्कटनेपाल प्रस्तोता निलमनी भण्डारी संगको कुराकानीमा सबै जानकारी गराएको भिडियो तल हेर्न सक्नु हुन्छ ।

हेर्नुहोस भिडियो :