२ करोड ६० लाख कमाउने ८ वर्षका बालक ! यसरी कमाउछन् यति धेरै पैसा

युट्युबमा खेलौनाहरुको रिभ्यू गर्ने रेयान नामका ८ वर्षे बालक सन् २०१९ मा युट्युबबाट सबैभन्दा बढि पैसा कमाउने व्यक्ति बनेका छन् ।

२ करोड २९ लाख सब्सक्राइबर भएको आफ्नै रेयान वल्र्ड च्यानल भएका बालक रायन कजीले यसै वर्ष २ करोड ६० लाख अमेरिकी डलर कमाएपछि उनलाई फोव्र्सले सबैभन्दा बढि कमाउने युट्युबर घोषणा गरेको हो । यसअघि सन् २०१८ मा पनि ४० लाख डलर कमाएर उनी नै सबैभन्दा बढि कमाउने युट्युबर बनेका थिए ।

फोर्ब्सको अनुमानअनुसार युट्युबबाट सबैभन्दा बढि कमाउने १० जनाले १ जुन २०१८ देखि १ जुन २०१९ को बीचमैं १६ करोड ६२ लाख अमेरिकी डलर कमाएका छन् ।