राजनैतिकमा पार्टी अन्तरबिद्रोह र बिकाश

आर्यन सिके – अबु धबी – संयुक्त अरब इमारत

राजनीतिमा बैचारिक मतभेद र छलफल आबस्यक छ र यो अनिवार्य पनि हो । तर हाम्रा नेताहरु नातावाद, कृपाबाद र आफन्तसङको भागबन्डामा तल्लिन छन जस्ले न त देशमा कुनै उन्नति हुन्छ न प्रगति नै झन-झन राष्ट्रिय मुद्दाहरु र बिकाशका कामहरु पछी छुट्दै गइरहेको छन । नेकपामा ४ जना प्रधानमन्त्री भैसकेको नेताहरु भये पनि राष्ट्रिय मुद्दा भन्दा पनि आफ्ना निकटलाई भागबन्डा दिलाउनमा धेरै ब्यस्त छन् । सभामुख रिक्त भयेको पनि ३ महिना पूरा भैसकेको छ, तर रिक्त पद भर्न नेकपामा महभारत नै चलेको छ।

किन उपसभामुख शिवमाया तुम्बाहाम्फे असक्षम पक्कै पनि होइनन, पिचडी डाक्टर गरेकी महिला हुन तर पनि भागबन्डामा उनिलाइ सायद राजिनामा गरायेर कृष्ण बहादुर महराको गल्तीको सिकार बलिको बोका रुपमा उनलाई बनाउन आफ्नै नेताहरु लागि परेका छन् ।अबको बन्ने परिस्थिति हामीले पर्खनुहोस् र हेर्नुहोस् गर्ने भनेको नेकपाका महिला सांसदहरुको कस्तो प्रतिक्रिया आउनेछ, त्यो एउटा गम्भीर चासो र प्रतीक्षाको बिसय हो । सरकार आफ्नो कमजोरी र नकामी लुकाउन मिडिया तथा आलोचक एबम आफ्नै पार्टीका नेताहरुको अभिव्यक्तिको खण्डन गर्दै छन् । जनताको अभिव्यक्तिको अधिकार, पत्रकारको स्वतन्त्र लेख्न पाउने अधिकार, गरिब, बेरोजगार र निराशा युवाहरुको आक्रोशलाइ बुर्जुवा सम्झने दुइ तिहाई सरकार निरंकुश बन्दै गैरहेको छ ।

जनताको कर बाट पालिएको जनताकै अनुरोध, आलोचनालाइ सकारात्मक तरिकाले गहन गर्न सक्दैन भने गणतन्त्र अबश्य खतरामा पर्ने छ। गणतन्त्रमा बिरोधिको पनि सुन्नु आबश्यक हुन्छ जब सम्म अल्पमत बिरोधि भनेर सुनिदैन तब लोकतन्त्र मजबुत हुदैन। बिरोधिहरु पनि आफ्नै देशका अनि रास्ट्रको लागि योगदान गरेका पार्टी र जनताहरुहुन उनीहरुको सुझाब र मार्गदर्शनलाइ जब सम्म सुनिदैन, आफ्नो कमि कम्जोरीहरु सुधार्न सकिदैन जुन अहम र धम्भ भन्दा अरु केहि मान्य हुदैन।

तेस्तै, कांग्रेस झन बलियो प्रतिपक्ष रचनात्मक तथा सरकारका कुनिती र गलत कामको सडक र सदनमा बिरोध गर्दै हरेक गलतनीतिको भण्डाफोर गर्दै एउटा जिम्मेवार प्रतिपक्ष्यको भूमिका निभाउने बेलामा आफ्नै आन्तरिक कलह र भागबन्डा नमिलेर आरोप प्रतिआरोपमा नेताहरु खुल्ला रूपमा चुनौतीपुर्ण अभिब्यक्ती दिदै हिडिरहेका छन जुन एउटा संसद र रास्ट्रको लागि दुर्भाग्य हो, जसको फलस्वरूप सरकार आफ्नो मनोमानी गर्दै एक माथि अर्को बिबादास्पद कार्यहरु गर्दै आयेका छन, आफ्नो भुमिका प्रबाभकारी ढङले निभाउनु नसक्नु कांग्रेसपनि जिम्मेवार देखिन्छ । सरकारका हरेक गलत नीति कार्यक्रम फैसलाहरुको बिरोध गर्दै विभिन्न मिडिया र पत्रकार सम्मेलन गरि एक एक जनतामा पुराउन सके अबश्य सरकारलाइ खबरदारीको पहल साबित हुन सक्छ।

मधेसीबादी दलहरु आफ्नै आन्तरिक गुट उपगुटमा लागेर चुनाबताका गरेका आन्दोलन बिर्सीसके र अहिले आफ्नै धुनमा छन् । साझा पार्टी आफ्नो एजेन्डा बिनानै चुनाबमा होमिए पनि एक पल्ट फुटिसकेको छ, शिक्षित युवा र उर्जावान नेताहरु भएपनि हर बस्ति गाउसहर तथा दुर्गम स्थल हरुमा आबस्यक आधारहरु बनि नसकेकोले अझै अलि बर्ष मेहनत गर्नुपर्ने देखिन्छ, बाबुराम जी र उपेन्द्र जी को लुकामारीको खेल अझै कति दिन चल्ने हो सत्ता र प्रतिपक्ष्य, नैतिकता र अनुसासन आगामी दिनहरुमा चासोको बिसय हो। अरु राष्ट्रिय राजनितिमा खासै प्रभाव पार्ने खालको पार्टी छैनन् ।

जहाँ जति कुरा गरे पनि जब सम्म पार्टीका आन्तरिक खिचातानी, नाताबाद कृपाबाद को अन्त्य हुदैन जब सम्म देश विकासमा द्रिघकालिन योजनाहरु तर्जुमा गर्न सकिदैन । आफु आफन्त र पार्टी भन्दा माथि उठेर राष्ट्रियताको बारेमा काम गरेमा इतिहासको पानामा सुनौला अक्षरमा नाम लेख्न सहयोग गर्न नेपालीहरु कहिले पछि हट्दैनन् । धन्यवाद ।