‘मेरो दिल छ पोखरामा’ को ‘आज फेरि‘’ सार्वजनिक

काठमाडौं, पुष ११ ।

चलचित्र ‘मेरो दिल छ पोखरामा’ को गीत ‘आज फेरि‘’ सार्वजनिक भएको छ । बीजी बर्मा फिल्मसको ब्यानरमा कला राईको प्रस्तुति अनि शंकर अधिकारी ‘घायल’को लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘मेरो दिल छ पोखरामा’को ‘आज फेरि जिन्दगीको अर्को कथा सुरु भयो‘।’ गीतको भिडियो सार्वजनिक भएको हो ।

नित्याशिवाको स्वरमा रहेको गीतमा रन्जु रन्जना र रोशन बीसी लाई फिचर्ड गरिएको छ । रामकृष्ण कडेलको छायाँकन, राजन महर्जनको नृत्य र बिश्वास भण्डारीको सम्पादन रहेको यो चलचित्र फागुन २ गतेदेखि सिनेमाघरमा आउँदै छ ।

हेर्नुहोस भिडियो ।