दश रुपैयाँमा पेटभरी खाना अभियान ,अ स्पतालको ला परवाहीको शि कार बने रिहान र आलोक,! (भिडियो)

काठमाडौं । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४७४ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

साथै विभिन्न विषयमा सम्बन्धित ब्यक्ति तथा सरोकालवाला निकायसँग प्रत्यक्ष कुराकानी समेत गरिएको छ । निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएको छ :

१. चिकित्सकको लापरवाही प्रमाणित गर्नै गाह्रो, प्रमाणित भएपनि पीडितले राहत पाउदैनन्

काठमाडौं । अस्पताल र चिकित्सकको लापरवाही पुष्टी गर्न लड्नुपर्ने लडाई सर्वसाधारणका लागि सामान्य छैन ।

नेपाल मेडिकल काउन्सिल र अड्डा अदालतबाटै अस्पताल र चिकित्सकको लापरवाही पुष्टी हुँदासमेत पीडित परिवारले न्याय नपाएका कयौं घटना छन्, जसमध्ये दुई प्रतिनिधि घटनाहरु यस्ता छन् ः

काठमाडौंका ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा वि.सं.२०७५ असार १२ गते जन्मिएका रिहान न्यौपानेको उपचारमा अस्पताल र चिकित्सले लापरवाही गरेको प्रमाणित नै भयो ।

नेपाल मेडिकल काउन्सिलले सार्वजनिक गरेको प्रतिवेदनमा अस्पतालले परिवारलाई वास्तविक जानकारी नगराएको, ओभरडोज औषधि दिएको, सयममै आवश्यक परीक्षण नगरेको लगाएत लापरवाही र कमी–कमजोरीहरु अस्पताल र चिकित्सकले गरेको उल्लेख गरिएको छ ।

२. १० रुपैयाँमा खाना वितरण अभियान शुरु

तारा आचार्य,
विराटनगर । विराटनगरमा १० रुपैयामा खाना वितरण गर्ने अभियान शुरु गरिएको छ । स्थानीय समाजसेवीहरु मिलेर बुधबारदेखि शुरु गरिएको यो अभियानबाट कम आयश्रोत हुनेहरु लाभान्वित भएका छन् ।

सस्तो खानामा बासमती चामलको भात र तरकारी दिने गरिएको छ । प्याकिङमा लैजानेहरुले भने २० रुपैया तिर्नुपर्दछ । एक पटक ५ सय जनालाई खाना खुवाउदा करिब १५ हजार रुपैया खर्च लाग्ने गरेको छ ।

१० र २० रुपैया तिरेर खाना खानेहरुबाट करिब ५ हजार रुपैया संकलन हुने र बाँकी १० हजार रुपैया आपसमा चन्दा उठाएर अभियान सञ्चालन गरिएको संयोजक धाडेवाले बताउनुभयो ।

सस्तोमा खाना पाउन थालेपछि कम आयश्रोत हुनेहरुले कुरेर भएपनि मिठो खान पाएको बताएका छन् । यस्तो अभियानलाई राज्यले सहयोग गर्नुपर्ने उनीहरुको धारणा छ ।

३. ईपिएस भाषा परीक्षामा लापरवाहीको विषय के हो ?

काठमाडौं । २०७६ जेठ २५ र २६ गते भएको ईपिएस टपिक अर्थात भाषा परीक्षामा पास भएका विद्यार्थीहरुको दोस्रो चरणमा भएको सीप परीक्षण परीक्षामा लापरवाही भएको भन्दै १ सय भन्दा बढी परीक्षार्थीहरु हाम्रो कार्यालय आए ।

सीप परीक्षणका क्रममा न्यायोचित मूल्याङ्कन नभएको, कम क्षमता भएका विद्यार्थीहरुको उच्च अंक आएको तर, उच्च क्षमता भएका व्यक्तिहरुले सोही अनुसार प्रस्तुति दिएपनि नम्बर दिने समयमा सही मूल्याङ्कन नभएको बताइएका छन् ।

साथै सीप परीक्षण परीक्षाको नतिजामा पुनः मूल्यांकनको आग्रह गर्दा कार्यालयका पदाधिकारीहरुले अभद्र व्यवहार गरेको उनीहरुको गुनासो छ ।