प्रधानमन्त्री ओलीको जन्मघरलाई संग्रहालय बनाइने, घर नजिकै बनाईयो हेलिप्याड (भिडियो सहित)

तेह्रथुम । प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मस्थान तेह्रथुमको आठराईमा रहेको उहाँको घरलाई संग्रहालय बनाइने अवधरणा अघि सारिएको छ ।

प्रधानमन्त्री ओली निकटका एक स्थानीय नेता भीम घिमिरेले प्रधानमन्त्री जन्मिनुभएको गाउँको घर पुरानै अवस्थामा ऐतिहासिक रुपमा उभिएकाले सो घरलाई संग्रहालय बनाइने बताउनुभएको छ । त्यसको तयारीस्वरुप अहिले सो घरको नजिकै हेलिप्याडसमेत बनाइको छ ।

प्रधानमन्त्री ओलीको आगामी फागुन ११ गते जन्मदिन परेको हुनाले उहाँले आफ्नै जन्मस्थानमा जन्मोत्सव मनाउने ईच्छा व्यक्त गरेको समेत नेता घिमिरेले बताउनुभयो । हेलिप्याडले संग्रहालयको पूर्वाधारका साथै प्रधानमन्त्री ओलीलाई त्यहाँ पुर्याउन समेत सजिलाे हुनेछ ।

भिडियो