लागू औषध जोन बन्दै टिकुलिया र दरैया

विराटनगर । नेपाल भारत सिमा संग गँसिएको टिकुलिया र दरैया वस्ती लागु औषध प्रयोगकर्ता र विक्रेताहरुका लागि सेफ जन वन्दै गएको छ ।
टिकुलिया र दरैया वस्तीमा नेपालका अधिंकास र भारत का केहि युवा युवतिहरु दैनिक जसो त्यहा पुगेर लागू औषध सेवन गर्ने गरेको तथ्य बाहिर आएको छ ।
श्रोतले जानकारी दिए अनुसार सो ठाउमा दैनिक २ सय देखि ३ सय जना लागू औषध प्रयोगकर्ता त्यहा पुग्ने गरेको छ । त्यहा पुग्ने प्रयोगकर्ताहरु मध्ये अधिंकास त्यही खाने र कतिपय किनेर अर्को ठाउमा गएर सेवन गर्ने गरेको छ ।

यसरी दैनिक लागू औषध सेवनले युवाको भविष्य अन्धकार बनाउदै गएको जानकार बताउँछन् । जानकारका अनुसार खुल्ला सिमा क्षेत्रले लागू औषध प्रयोगलाई थप टेवा पुर्‍याएको छ भने प्रयोगकर्ता र विक्रेतालाई सहज बनाएको छ । जथाभावी रुपमा लागू औषधको ओसारपसारले खुल्ला सिमानामा थप चुनौती थपिएको छ ।
खुला रुपमा लागू औषध बिक्रीवितरणमा प्रहरी प्रशासनले समेत मदत गरेको तथ्य फेला परेको छ । लागू औषध व्यापारी संग केही रकममा सम्झौता गरि मदत गर्ने गरेको सिमा श्रोतले जानकारी दिएका छन् ।

दिनहुँजसो सयौं को संख्यामा युवाहरु लागू औषधको दलदलमा फस्दै जादा यस्को न्यूनीकरण तर्फ प्रहरी प्रशासन र सम्बन्धित निकायको ध्यानाकर्षण हुन आवश्यक देखिको छ ।