नेपाली बैज्ञानिक डाक्टर महाबिर पुनलाइ अनलाइन मार्फत सहयोग गर्न यसो गर्नुहोस

आदरणीय नेपाली दाजुभाई तथा दिदीबहिनी हरु,

मेरो नाम महाबीर पुन हो, म राष्ट्रिय आविष्कार केन्द्रको अध्यक्ष हुँ तर राष्ट्रिय आविष्कार केन्द्र म महाबीर पुनको व्यक्तिगत अभियान होइन, यो अभियान नेपाललाई माया गर्ने र नेपाललाई समृद्ध बनाउन अठोट गर्नु हुने सारा देश भक्त नेपालीहरु को संयुक्त अभियान हो। हाम्रो देशको आजको अवस्था भनेको बिदेशी बस्तुको आयातमा लगभग ९३% अनि आफुले केवल ७% निर्यात गर्दा भोग्नु परेको राष्ट्रिय व्यापारको असन्तुलित अवस्था हो। यो असन्तुलन लाई सुधार्न तब सम्म सकिन्न जब सम्म हामी आफ्नै उत्पादनहरु सुरु गर्दैनौ र देशको ब्यापार घाटा कम गर्ने प्रयास गर्दैनौं। जब सम्म राष्ट्रले आर्थिक अवस्थामा व्यापक सुधार गर्दैन तब सम्म देशको भविष्य सुन्दर बनाउने क्षमता राख्ने राष्ट्रका होनहार युवा जनशक्तीलाई जसले जति उपदेश दिए पनि बिदेश पलायन हुन बाट बचाउन सकिदैन।

CLICK HERE TO DONATE 

जब हामी सबै नेपाली मिलेर हाम्रो माटो सुहाउदो र हाम्रा प्रतिभाशाली नेपालीहरुले पनि गर्न सक्ने किसिमको बिज्ञान तथा प्रबिधिको बिकास गर्ने अनुसन्धान केन्द्रहरु खोल्दैनौं र उनीहरुलाई देशमा नै बस्न सक्ने बातावरण बनाउन्दैनौं तब सम्म देशको आर्थिक बिकास हुँदैन। यो अत्यन्त महत्वपूर्ण राष्ट्रिय सरोकार र चासोको बिषय हो र हुनु पर्छ। नेपालीहरुको बाध्यात्मक विदेश बहिर्गमन र राष्ट्रको आर्थिक परनिर्भरता दिन दिनै बढिरहेको प्रमुख कारण पनि यहि हो। त्यसैले हामीले हाम्रा प्रतिभाशाली तथा सिर्जनात्मक दिमागहरु तथा कर्मयोगी हातहरुलाई देशमा नै राखेर देशको आथिक विकास गर्ने उदेश्यले रराष्ट्रिय आविष्कार केन्द्रले अति महत्वपुर्ण कदम चालेको छ र यसमा सम्पूर्ण नेपालीहरुको हृदय देखि कै सहयोगको लागि अनुरोध छ।

यो पृष्ठभूमीमा हामीले सन् २०१२ मा राष्ट्रिय आविष्कार केन्द्र (NATIONAL INNOVATION CENTER) को स्थापना गर्यौ र २०१६ को मध्ये देखी साना तिना कामहरु गर्न सुरु गर्यौं l हाल सम्म राष्ट्रिय आविष्कार केन्द्रले काठमाडौँ बिश्व बिद्यालय, त्रिभुवन बिश्व बिद्यालय, कृषि तथा बन बिश्व बिद्यालयका सहित अन्य बाह्य अनुसन्धानकर्ताहरुले गर्न खोजेको १२ ओटा बिभिन्न किसिमका अनुसन्धानका कामहरुलाई पूर्ण रुपमा सहयोग गरि रहेको छ। ति अनुसन्धानका कामहरु बिभिन्न चरणमा छन् जस मध्य ४ ओटा अनुसन्धानहरुको पहिलो नमुनाहरु अब आउने जनवरी संम्ममा बनि सक्ने छन् र त्यसको विवरण दिईने छ। हाल अन्तिम चरणमा रहेका अनुसन्धानका बस्तुहरु यस प्रकार छन – दुर्गम ठाउँमा औषधि पुर्याउने medical drone, ग्रामिण क्षेत्रमा उपयुक्त हुने पानी फिल्टर गर्ने र पानीमा रहेको किटाणुहरु मार्ने किसिमको उपकरण, हेल्थपोष्टहरुमा राख्न मिल्ने किसिमको अबधि नपुगिकन जन्मेको बच्चालाइ राख्न मिल्ने incubator र नयाँ किसिमको सोलर हिटरको प्रोटोटाइप. यसको साथै राष्ट्रिय आविष्कार केन्द्रले सहयोग गरेको Online Shopping Platform https://everestkart.com पहिले नै ब्याबसायिक रुपमा सुरु भै सकेको छ।

अन्तमा हामीलाई यस अभियानमा सम्पूर्ण नेपालीहरुको सहयोग चाहिन्छ. त्यसैले तपाईंहरुले यो gofundme मार्फत Health Nepal Foundation USA र बिभिन्न देशमा रहेका अन्य धेरै सहयोगी संस्थाहरुको पूर्ण सक्रियतामा संचालित अभियानमा सहयोग गर्न बिनम्र अनुरोध छ. धन्याबाद.

Thousands of you have already contributed your ideas, money and time for National Innovation Center (NIC). The amount of money we have raised so far is not enough to accomplish what NIC has dreamed for making Nepal economically a prosperous nation through research and innovation.

In order to boost the mission and fundraising campaign of National Innovation Center up, Health Foundation Nepal (HFN), a 501 (c3) organization based in the US in association with several individuals and non-profit-organizations, have offered their help from bottom of their heart to aggressively initiate online global fundraising event to support innovation promoting research and innovation culture in Nepal including rural health care.

This will be the official online fundraising campaign for NIC led by Dr. Mahabir Pun. Please share this with your friends and family members.