आँखै अगाडी स्कुलबसले सरिताको ज्यान लियो, प्रहरीले सहयोग नगरेको प्रत्यक्षदर्शीको आरोप (भिडियो)

मंगलबार बिहान आफ्नो छोराछोरीलाई स्कुल बसमा चढाएर त्यही बसमा पोखरा बिरौटा चोकसम्म आएकी सरिता पौडेल सुबेदी कहिल्यै नफर्कनेगरी बिदा भईन् । बालोदय बोर्डिङ स्कुलको बसमा चढेकी उनी बसबाट उत्रनेक्रममा त्यही बसको पछिल्लो चक्काले किच्दा ज्यान गुमाएकी हुन् । स्याङ्जा घर भई पोखरा १७ बिरौटा बस्दै आएकी करिब २५ बर्षिय सरिताको ज्यान बसको लापरबार्हीले भएको घटनाको प्रत्यक्षदर्शी बताउँछन् । प्रत्यक्षदर्शीका अनुसार सरिता झर्न खोज्दा बस रोकीएको थिएन । बसको गती थोरै भएपनि बस पूर्ण रुपमा नरोकिएको र त्यही कारण सरिता लडेको प्रत्यक्षदर्शीको कथन छ । सरिता लडेपछि देख्नेहरुले बस रोक्न भनेको र बसले नसुनेको उनीहरुले आरोप लगाए । दुर्घटना हुनेबित्तिकै प्रहरीको गाडी नजिकै आयो तर घटनास्थलमा रहेका व्यक्तिहरुले घाईते प्रहरीको सहयोग माग्दा प्रहरीले सहयोग नगरेकोमा आक्रोश समेत व्यक्त गरे । हेर्नुहोस् यो भिडियो