पोखरा काण्ड ः बच्चा गाड्ने केटी पत्ता लाग्यो तर बाबु फेला परेनन्, प्रत्यक्षदर्शीले बताए घटनाको नालीबेली (भिडियो)

कास्की जिल्ला माछापुच्छ«े गाउँपालिका ६ अस्ताम गाउँमा बच्चा जन्माएर खाल्टोमा पुर्ने महिला पत्ता लागेको छ । उनी उही गाउँकी कक्षा १२ मा पढ्ने अबिबाहीत रहेको थाहा हुन आएको छ । अबैध गर्भबाट बच्चा जन्मीएपछि शनिबार राती नै जन्माएर, नजिकै खाल्टोमा राखेर माटोले पुरेर राखिएको अवस्थामा शिशुको शब फेला परेको थियो । आरोपीत भनिएकी महिला प्रहरीको सम्पर्कमा पुगेको र कुन केटासंगको सम्बन्धबाट बच्चा भएको हो भन्ने कुरा अझै पनि थाहा भएको छैन । गाउँबाट पोखरा झरेर डेरामा बस्ने गरेकी उनी केही महिना यता गाउँमै रहेकी थिईन् र शनिबारको दिन भएकाले बच्चा खाल्टोमा हाले पछि आफै हेर्न भनी घटनास्थलमा गएकी थिईन् । प्रहरीले सबै महिलाहरुलाई चेक गर्ने भनेपछि उनी चर्च जाने बाहनामा गाउँबाट भागेको स्थानीयहरुले आरोप लगाएका छन् । हेर्नुहोस् यो स्थलगत रिपोर्ट