नेपाली रुवाउने सिरियल “आमा” को पहिलो भाग आयो,बिदेशमा हुने नेपालीको आफ्नै कथा हेर्नुहोस मन रुनेछ (भिडियो सहित)

नेपालमा हसाउने श्रृङखलाहरुले राज गरिरहेकै बेला सबैको मनै छुने धाराबाहिक आमा नामक श्रृङखलाको पहिलो भाग नेपाल फोकस टिभीबाट प्रसारण भइसकेको छ । मौलिक कथा जो हरेक नेपालीले आफ्नै कथा सम्झेर हेर्नेछन । हर घरको कहाँनि आमामा पाइन्छ । हास्य टेलिशृन्खला दोबाटेले हास्य जगतमा तहल्का मच्चाइरहदा त्यही दोबाटे टिमले नै नयाँ मनै छुने सिरियल तयार पारेका छन ।

दोबाटे तथा अन्य धेरै सिरियलमा बुढोको भुमिकामा देखा परिरहने समीर सुबेदि पनि आफ्नै साधारण अनुहारमा मुख्य भुमिकामा देखा परेका छन दोबाटेमा चिबे बुढोको भुमिकामा अभिनय गरेर निकै चर्चा कमाएका संचारकर्मी तथा कलाकार समीर सुबेदीले आमा सिरियलमा सोझो छोराको भुमिकामा अभिनय गरेका छन । दोबाटेका निर्देशक हरेन्द्र खत्रीको पनि अभिनय तथा लेखन निर्देशन रहेको छ ।

संचारकर्मी तथा समाजसेवी प्रजिता दङ्गाल आमाको मुख्य भुमिकामा देख्न सकिन्छ । दोबाटेमा सधै निशा सोझीको चरित्रमा देखा परेकी थिइन भने आमामा उनको बेग्लै प्रस्तुति देख्न सकिन्छ । आमामा परदेशमा हुदा घरको चिन्ता अनि पिडालाई पनि फरक तरिकाले प्रस्तुती गरिएको छ । एकपटक आमा हेरिसकेपछी सबैका आँखा रसाउने छन ।

तलको भिडियो हेर्नुहोला