पाथिभरामाताले सबैको कल्याण गरुँन ! मंसिर २८ गते शनिबारको राशिफल

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क नं +९७७– ९८४२२१९७३५ आजको राशिफल

आजको राशिफल बि.सं. २०७६ साल मंसिर २८ गते शनिबार ई. सं. २०१९ डिसेम्बर १४, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, मार्गशिर्ष शुक्लपक्ष द्धितीया तिथी, आद्रा नक्षत्र बिहान ७ बजेर २६ मिनेट सम्म त्यसपछि पुनर्वसु नक्षत्र, चन्द्रमा मिथुन राशिमा। शुभन योग, वव करण। नेपालमा, सूर्योदय बिहान ०६ः४८ बजे, सूर्यास्त साँझ ०५ः०८ बजे हुनेछ। आज जन्म लिने बच्चाको राशि मिथुन हुन्छ। आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ। यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्र ईत्यादीमा पनि समय अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आज तपाइले खानपानमा नियन्त्रण गर्नु बेस हुनेछ । बेलाबेलामा अशान्ति र छटपटी हुनसक्छ, काममा बाधा देखिन सक्छन, तर नअत्तालिई हिम्मतका साथमा काम गर्न सके सफलता नै मिल्ने समय छ । कुनै गोप्य योजना कार्यान्वयन गर्न आजको दिन अनुकूल छ । बन्दव्यापारमा बेफाइदा छैन । आत्मबल र हौसला नत्यागे सफलता पाउनु हुनेछ । वहस र वादविवादमा विजय प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । नयाँ कामको वातावरण तैयार हुनेछ, आर्थिक व्यवस्थापनका काम गर्ने अवसर मिल्नेछ । पारिवारिक जीवन सन्तोषप्रद रहने छ, घरखर्चमा बृद्धि हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – राज्यस्थानको बलशाली चन्द्रमाको प्रभावले पराक्रम र प्रसिद्धिमा वृद्धि हुने समय छ । मिहिनेत गर्नुपर्छ, जे गरे पनि सफलता आर्जन हुने दिन छ । देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ वा धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्ला । नोकरी गर्नेले मानसम्मान पाउने छन् । प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । इष्टमित्रले प्रदान गरेको सल्लाहलाई पालना गर्दा फाइदा हुने योग छ । विश्वासको वातावरण बन्नेछ । आत्मबल र निर्णय क्षमतामा बृद्धि हुनेछ । घरायसी वातावरणमा सुधार आउने छ, रमाइलो पारिवारिक जमघट हुनसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – स्वास्थ्यस्थिति राम्रो रहनुका साथै काम गर्न जाँगर बढ्ने समय छ । पारिवारिक सुखसम्मृद्धिमा बृद्धि हुनेछ । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुनेछ । नवीन रोजगारीको वा कुनै नयाँ व्यवसायको थालनी गर्न उत्तम समय छ । कुरा काट्नेहरू सक्रिय हुनसक्छन्, तर धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । मातापिता र अभिभावकवर्गको स्वास्थ्यमा सुधार आउने छ । कर्मचारीले हाकिमबाट महत्वपूर्ण कुरा फुत्काउन सक्छन् । ठूलाबडाको सहयोग र सल्लाहले राम्रो फाइदा लिन सकिने छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ । सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ । व्यापार व्यवसायमा सोचेजति लाभ पाइने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –आज परसेवा र धार्मिक गतिविधिमा सक्रिय हुने दिन भएकाले शत्रु नै भए पनि कसैको आलोचना वा विरोध नगर्नु राम्रो हुनेछ । मनमा कुविचार आउन दिनु हुँदैन, नत्र भाग्यको मार्गमा अवरोध आउनसक्छ । प्रेम र भाइचाराका लागि दानपुण्यमा सहभागी हुनु भएमा रोकिएको काम बन्नसक्छ । तपाईंका विचार र भावनालाई बेवास्ता गर्नेहरूको क्रियाकलापले मनमा विरक्तिको भाव बहन सक्छ । प्रयासमा सफलता प्राप्त हुने दिन छ, तर प्रतिस्पर्धी र शत्रुले तपाईंको प्रतिष्ठामा आघात पुर्याउने प्रयास गर्दैछन, विचार गर्नुहोला । ढिलै भए पनि चाहना र मनोकाङ्क्षा पूरा हुनेछन। आफन्तबाट भन्दा अन्यबाट आवश्यक सहयोग मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –राती अबेर भाग्यस्थानमा चन्द्रमाको प्रवेश हुने दिन त हो, तर दिनभरि अष्टम भावमा रहेको चन्द्रमाका कारण परिस्थिति अझ विपक्षमा नै रहने सङ्केत देखिन्छ । कडा परिश्रम व्यर्थै खेर जान सक्छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग चित्त नबुझ्न सक्छ । बोलीमा संयमता अपनाउनु पर्छ किनकि भनेको कुराले विपरीत अर्थ वहन गर्नेछ । नयाँ साथीभाइलाई झट्ट विश्वासमा लिनु हुँदैन । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । कताकता भाग्यबलमा कमी भएको आभास गर्नु हुनेछ । बन्दव्यापार र रोजगारीको क्षेत्रमा लगनशील र सक्रिय भएमा मात्र सफलता पाउनु हुनेछ । दाम्पत्य जीवन पनि निराशापूर्ण नै रहने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – रमझम र मनोरञ्जनमा आकर्षण बढ्न सक्छ । घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ । मेजमानीको अनुकूलता प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा मन आकर्षित हुनेछ । स्वास्थ्यस्थितिमा अनुकूलता आउनेछ । काम गर्न जाँगर चल्नेछ, उत्साहवद्र्धक समय छ, आम्दानी बढ्न सक्छ । दिन ढल्दै जाँदा जिम्मेबारीबोधसमेत बढ्दै जानेछ, अब रामरमाइलो त्यागेर व्यवसायिक गतिविधिमा संलग्न हुन मन लाग्नेछ । आम्दानीका दृष्टिले नराम्रो समय छैन, तर विलासिताका क्षेत्रमा खर्च बढ्न सक्छ । दाम्पत्यसम्बन्ध सुखद रहनेछ । प्रेमको बन्धनमा बाँधिने बेला छ । मन रोमान्टिक र भावुक बन्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –लामो समयदेखि रोकिएका कामहरू बन्न सक्ने मौका छ । शारीरिक प्रतिस्पर्धा र तर्क, विवाद वा न्याय सम्पादनका सिलसिलामा लाभ प्राप्त गर्न सक्नुहुनेछ । मानसम्मान र प्रतिष्ठाको प्राप्ति हुनसक्छ । आजको विनियोजन र लगानीले उत्तरोत्तर फाइदा हुनेछ । घरायसी सुखसुविधा बढाउने कुनै महँगो वस्तुको किनमेल गर्न मन लालायित हुनेछ । यात्रा लाभप्रद बन्न सक्छ, धेरै टाढा पनि जानु पर्दैन । आर्थिक समस्या निराकरण गर्ने उपाय पत्ता लाग्नेछ । आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना छ । मिष्ठान्न भोजनको अवसर आउने छ। आज झैझगडा र किचलोबाट टाढा रहनु राम्रो हुन्छ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –आत्मबल बढ्ने समय छ । ज्ञान र चिन्तन उपयोगी बन्नसक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । बन्दव्यापारबाट लाभ मिल्नेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । बन्धुबान्धव र दाजुभाइका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । माया र प्रेमको वातावरण बन्नेछ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । पारिवारिक सहयोग बढ्ने छ । ठूलाबडाले सहयोग गर्नेछन् । आज खासगरी बुद्धि खियाउने र ज्ञानार्जनका क्षेत्रमा लागेकाहरूको दिन हो, शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ, पठनपाठनमा ध्यान दिनु बेस हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –चतुर्थ भावमा रहेको चन्द्रमाको अनुकूल फल मिल्दैन, त्यसैले मनका विकारलाई बाहिर निस्कन दिनु हुँदैन । आज तर्कवितर्क, झैझगडा र विवादका विषयमा अघि नबढेको जाति हुन्छ । संयम हुनसके दिन राम्रो बनाउन सकिने छ । मान्यजन, हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको सहयोग जुटाउन सकिने छ । प्रेमजीवन र दाम्पत्यसुखमा राम्रो छ । स्वास्थ्यस्थितिमा सुधार आउने छ । दिनको सुरुवातमा आलस्य र थकानको महसुस भए पनि आनन्द र उल्लासको वातावरणमा समय व्यतीत हुनेछ । आम्दानीको नयाँ स्रोत देखा पर्नेछ । परदेशमा बसी रोजगारी र व्यवसाय गर्नेहरूले खानपीन र मनोरञ्जनका क्षेत्रमा खर्च गर्ने सम्भावना छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – पराक्रम र प्रसिद्धि बढाउने समय छ, त्यसैले सानातिना कुरामा अल्मलिएर समय खेर फाल्नु हुँदैन । बन्धुबान्धव, साथीभाइ र मित्रवर्गबाट उत्कृष्ट सहयोगको आशा गर्न सकिन्छ । भाइबहिनीले पनि सन्तुष्ट तुल्याउने छन् । भोजभतेर र खानपिन जस्ता सामाजिक कार्यमा सहभागी बन्नु पर्नेछ । दीर्घकालिक फाइदाका लागि गरिएको प्रयासमा सफलता मिल्नेछ । बन्दव्यापारमा सोचेको फाइदा हुने दिन छ । आम्दानीमा बढोत्तरी हुनेछ । झैझगडा र विवादमा विजयी बन्नु हुनेछ तर बोलीवचनमा कडापन त्यागेको राम्रो हुन्छ । धार्मिक क्षेत्रमा मन आकर्षित हुनेछ । पारिवारिक जीवन सन्तोषप्रद रहने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –मिष्ठान्न भोजन मिल्नेछ । बोलीको प्रभाव बढ्नेछ, आफन्तले प्रशंसा गर्नेछन्, जाँगर बढ्नेछ । चेलीबेटी र कुटुम्बपक्षका काममा समय दिनु पर्नेछ । बन्दव्यापार राम्रो छ । आर्थिक लगानी बढाउन अनुकूल समय देखिन्छ । नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ, कारोबारमा सुधार आउने योग छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । हरेक क्रियाकलापमा फड्को मार्न सक्ने दिन हो । रोकिएको सम्पत्ति फिर्ता आउने दिन छ, अनुकूल प्रयास गर्दा लाभ हुनेछ, त्यस्तै कुनै पुराना अड्किएर बसेका काम पूरा गर्न सकिने छ । विशेष सभासमारोह वा सामाजिक अभियानमा सहभागी बन्ने मौका छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –आज तपाईंको राशिमा रहेको चन्द्रमा धनभावमा प्रवेश गर्दैछ, अब निर्माण तथा व्यवहारिक क्षेत्रमा मन आकर्षित हुनेछ । मन त्यसैत्यसै फुरुङ्ग हुने समय छ । नयाँ कामका लागि नयाँ अवसर आउनेछ । दैनिक कामकाजसमेत सजिलै सम्पन्न हुनेछन् । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ । घरपरिवारमा राम्रो छ । बन्दव्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । प्रतिष्ठित काम गर्ने मौका छ । आत्म–विश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । व्यापारबाट लाभ मिल्नेछ ।