न्यूज २४ टेलिभिजनबाट नयाँ ‘रियालिटी शो’ कार्यक्रम ‘द लिडर’ प्रशारण हुने भएको छ । यसै बिषयमा समाज सेवी लेखिका ज्वाला संग्रौलाले के लेखिन त ?

न्यूज २४ टेलिभिजनबाट नयाँ ‘रियालिटी शो’ कार्यक्रम ‘द लिडर’ प्रशारण हुने भएको छ । यसै बिषयमा समाज सेवी लेखिका ज्वाला संग्रौलाले के लेखिन त ?

“A politician thinks for the next election but a leader thinks for the next generation !”
मतलब, एउटा राजनीतिज्ञले अर्को चुनानबको लागि सोच्छ , तर एउटा लिडरले अर्को पिँढीको लागि समेत सोच्छ! के हामीले चुनेका नेताहरु अर्को जेनेरेशन सम्मको लागि सोच्ने खुबी भएका छन् त?अब देशका प्रत्येक नागरिकले यो बिषयमा मनन गर्ने बेला आएको छ! देशको लागि जति नै यातना सहे पनि , जति नै जेलनेल खेपे पनि देशको बिकाश समृदि र स्वाधीनताका खातिर आफूलाई समर्पण गर्न भुलेर नाताबाद , कृपाबाद , परिवारबाद, झोलेबाद, धनबाद र डनबादको चक्रब्युहमा रनभुल्ल परि मुलुकलाई बर्बादीको दोबाटोमा लगेर अलपत्र छोडेका नेता भनाउँदा हरुको सक्कल हेरि नसक्नु गरि भ्रस्टाचारले गनाएको बेला आदरणीय रबि दाईले देशको लागि साँच्चै एउटा मानिस चाहिएको छ भन्ने महसुस गरेर “ म रास्ट्रको सेवक” कार्यक्रम सुरु गर्नु भएकोमा सर्बप्रथम वहाँलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु ! यो कार्यक्रम साँच्नै नै देशले खोजिरहेको त्यो ब्यक्ति सम्म पुग्ने छ भन्ने आशा लिएकी छु र आफू देशको ज़िम्मेवार नागरिक भएको नाताले आफ्नो तर्फबाट यो कार्यक्रमलाई सक्दो सहयोग पनि गर्ने छु!

आज मेरो फेशबुकमा धेरै भन्दा धेरै सकारात्मक सोच भएका र साँच्चै देश बनाउनै पर्छ भनेर अठोट लिएका साथीहरुले मेरो फ़ोटो धेरैतिर पोस्ट गर्नु भएको रहेछ मानौ कि म जन्मदिन मनाईरहेछु! तपाँई audition मा जानुस् भनेर सैयौं म्यासेजहरु आएका रहेछन्! म हजुरहरुको म प्रतिको आशा , बिश्वास र भरोसाको उच्च सम्मान र कदर गर्दछु ! वास्तवमा म संजालमा देखिएकी त्यस्ती भाग्यमानी महिला हुँ जस्ले केहि काम नगरी पनि यति धेरै शुभचिन्तकहरुको माया र साथ पाएकी छु! आजसम्म देशको लागि केहि गर्न नसके पनि दुईचार शब्द भट्याएकै भरमा मेरो कलममाथी बिश्वास गर्ने मेरा प्रिय मित्रहरुलाई देखेर यस्तो लाग्छ कि अब मैले केहि न केहि राम्रो काम गर्नै पर्छ र त्यस्को लागि म तयार हुनै पर्छ ! तर यति भन्दै गर्दा म हजुरहरुलाई यो पनि अवगत गराउन चाहन्छु कि बिधालय को बेन्च देखि आजको कार्यकक्षसम्म आईपुग्दा मैले जुन ठाउँमा छोएको छु, त्यो ठाउँमा सफलता मात्रै हासिल गरेको छु।

मलाई लाग्छ, कुनै काममा हात हाल्नु भन्दा अगाडि त्यो कामलाई पुरा गर्न गृहकार्यका सम्पुर्ण खाली पानाहरु भर्नु पर्छ। बिना तयारी प्रतिस्पर्धा गर्दैन ज्वालाले! कि त जित्छु कि त सिक्छु भनेर पुरापुरा आफूलाई बलियो बनाएर ढोकाबाट प्रबेश गर्ने मान्छे हुँ म! तसर्थ फ़िलहाल यो “The Leader “ कार्यक्रमको लागि मसँग हजुरहरुले सोच्नु भएजस्तो केहि पनि ज्ञान र गुदी छैन ! जुनदिन म क़ाबिल हुनेछु त्यो दिन जरुर तपाईहरुको सपना पुरा गर्ने छु! हजुरहरु सबैलाई फेरिपनि धन्यबाद जस्ले आज यो फ़ोटो पोस्ट गरेर मलाई म हुनुको अर्थ खोज्न प्रेरित गरिदिनु भयो। अरु कसैको लागि लिडर बन्न नसके पनि आफ्नो लागि चाहिँ जरुर नेतृत्व गरेर मेरा पाईलाहरु सदैब इमानको बाटोमा हिँडाउने छु!
#जय_स्वाभिमान
#म_बोल्छु!

न्यूज २४ टेलिभिजनबाट नयाँ ‘रियालिटी शो’ कार्यक्रम ‘द लिडर’ प्रशारण हुने भएको छ ।
काठमाडौंमा विहीबार आयोजित एक कार्यक्रममा ‘द लिडर’ कार्यक्रमको घोषणा गरिएको हो ।देशमा नेतृत्व गर्न सक्ने एक सक्षम व्यक्तिको खोजी गर्ने उद्देश्यका साथ सुरु हुन लागेको कार्यक्रमको लागि देशका विभिन्न ठाउँमा अडिसन हुने छ भने देश बाहिर पनि अडिसन हुने बताइएको छ ।

न्यूज २४ टेलिभिजनबाट प्रशारण हुने यो कार्यक्रमको निर्णायकका रुपमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्व प्रधान्यायाधीश सुशीला कार्की र रवीन्द्र मिश्र रहेका छन् ।

त्यस्तै बाँकी दुई जना निर्णायकहरु दर्शकको अनुरोधकोे आधारमा नियुक्त गरिने छ । कार्यक्रमको प्रस्तोताको रुपमा रवि लामिछाने रहेका छन् ।
यस कार्यक्रमका विजेताले काठमाडौँमा एक सुविधा सम्पन्न अपार्टमेन्ट, कार, २० लाख नगद र राजनीतिमा नेतृत्व लिने अवसर पाउने छन् ।