पुस १० गतेको सुर्य ग्रहणले कुन राशीमा कस्तो असर पर्छ ? एक पटक सबैले हेर्नुहोस

सूर्यग्रहण एक प्रकारको ग्रहण हो जब चन्द्रमा, पृथ्वी र सूर्यको बीचबाट जान्छ तथा पृथ्वीबाट हेर्दा सूर्य पूर्ण अथवा आंशिक रूपमा चन्द्रमाद्वारा छेकिन्छ ।

भौतिक विज्ञानको दृष्टिले हेर्दा यदि सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँछ भने चन्द्रमाको पछाडि सूर्यका किरणहरू केही समयका लागि छेकिन्छन , त्यसै अवस्थालाई सूर्यग्रहण भनिन्छ। पृथ्वीले सूर्यको परिक्रमा गर्छ भने चन्द्रमाले पृथ्वीको परिक्रमा गर्छ । कहिले काहीँ चन्द्रमा, सूर्य र पृथ्वीको बीचमा आउँछ। त्यसबेला सूर्यको केही या सबै प्रकाश छेक्दछ । जसले गर्दा धर्तीमा आंशिक या पूर्ण अँध्यारो फैलिन्छ ।

यस घटनालाई सूर्यग्रहण भनिन्छ । सूर्यग्रहणको घटना सदा सर्वदा अमावस्या तिथीमा नै पर्दछ ।