गुल्मीमा बाँदर आतंकीत स्थानीयहरुले अब राहत पाउलान त ? सोचनीय प्रश्न ? (भिडियो सहित)

गुल्मी रिडी, बादर आतंकले खाद्यान्न बाली सखाप पारेको भन्दै स्थानीयले गुनासो गरेका छन् । मुलुकका विभिन्न जिल्लामा बाँदर आतंकले अन्नबाली सखाप पारेको भन्ने समाचार आज भोली आईरहेका बेला गुल्मीमा पनि यस्तो गुनासो आएको हो । रिडी गाउपालिका १ रुरुक्षेत्र बिष्णु पंजरमा पनि यस्तै गुनासो आएको जानकारी हामीले तलको भिडियोमा देखाएका छौ ।

स्थानीयले बाँदर धपाउन अनौठो तरिका अपनाएका छन् । जंगल र मठमन्दिरमा रमाउने बाँदरले पछिल्ला समयमा गाउँघरमा जाने र खेतवारीमा लगाएको अन्नवाली खाइदिएर हैरान पार्न थालेपछि वादर धपाउन नक्कली अर्थात “गुडिया” बाघको प्रयोग गर्न थालेको जानकारी आएको छ। बारीमा लगेर नक्कली बाघलाई राखेपछि बाँदर भाग्ने र केही दिनका लागि त्यस ठाउँ बरिपरि बाँदर नआउने स्थानीयको भनाई छ ।

स्थानीय संगको कुराकानीमा आमा बताउनु हुन्छ बादरले खान दिदैन आटीमा समेत पुग्छ राखेको अन्न नस्ट गरि दिन्छ भन्दै धेरै गुनासो हामी संग राख्नु भयो । यसै बिषयमा केन्द्रित हुदै हामीले बादर आतंक मात्रै नभएर यसको समाधान स्थानीयहरुले कसरी गरी रहेका छन् र अहिले प्रभावकारी भएको छ कि छैन भन्ने त्यो बिषयमा जानकारी हामीले यस भिडियोमा सार्बजनिक गरेका छौ।

कृतिम बाघ राखेर बादरको बगाल हरुलाई एउट डर त्रास देखाएर अहिले सम्म हामीले बादरहरुलाई धपाउन सफल भएका छौ र पछिल्ल्लो करिब १ बर्ष सम्म हामीलाई बादरहरुले दुख: दिएको छैन र खासै देखा परेको पनि छैन भन्ने जानकारी गराउनु भयो ।

नक्कली बाघ देखाएर मात्र कति समयलाई बाँदर भाग्लान् भन्ने कुरा भने सोचनीय छ । हेरौ उक्त भिडियो बिस्तृत जानकारी सहित :