स्याङजामा फेरी अर्को अजिंगर देखा पर्यो, अजिंगर समात्न तीन सय गाउँले जंगलमा (भिडियो)

स्याङ्जा जिल्ला गल्याङ् नगरपालीका वडा नं. ९को गेझागाउँको एक घरमा ठूलो अजिंगर राखिएको छ । गत दशैको समयमा गाउँ नजिकैको जंगलबाट उक्त अजिंगरलाई समातेर ल्याईएको हो । अजिंगर करिब ३० किलो र १२ फिट जतिको भएको स्थानीय कुशुम भण्डारीले बताए । उनका अनुसार अजिंगर अहिले गाउँलेहरुको संरक्षणमा राखिएको र आउने दिनमा बन कार्यालयको निर्देशन अनुसार चल्ने बताए । आफ्नै जंगलमा भेटिएको र करिब तीन सय गाउँलेहरु मिलेर समातेर ल्याएको उनले बताए । स्थानीयहरु घाँसपात गर्न जाने ठाउँ भएकाले यसको जोखिम देखेर समातेको र अर्को पनि अजिंगर फेला परेको उनले बताए । अर्को अजिंगर पनि फेला परेको खबर आएको छ त्यसको पनि खोजिकार्य भएको भण्डारी बताउँछन् । गेझा होमस्टे पनि संचालनमा आउँदै गरेको उक्त गाउँमा अहिले अजिंगर हेर्न मानिसको घुँईचो लाग्छ । हालसम्म करिब पाँचहजार जनाले अवलोकन गरेको अर्का स्थानीय नरेन्द्र अर्याल बताउँछन् ।