पोखरा रंगशालामा दर्शकमाथी प्रहरीको लाठीचार्ज, टिकट नपाउँदा दर्शक आक्रोशित (भिडियो)

अत्याधिक दर्शकका कारण पोखरामा जारी १३ र्औ साग अन्तर्गत महिला फुटबल हेर्न आएका केही दर्शकले सहज ढंगले टिकट पाएनन् । टिकट नपाएपछि दर्शकहरुको आक्रोश बढ्यो, प्रहरीलाई सम्हाल्न हाम्मे भएपछि लाठी चार्ज नै गर्नु पर्यो । अत्याधिक दर्शक आएसंगै पोखराको रंगशालामा क्षेत्रमा रहेका ५ वटा टिकट काउण्टर करिब २० मिनेट जसो बन्द हुँदा केही दर्शकहरु निराश भए ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले पोखरा रंगशालाको फुटबल स्टेडिएममा हालै निर्माण भएको प्यारापिटमा ६ हजार ५ सय मात्र सिट क्षमता भएकोले अग्रिम टिकट लिन आग्रह गर्दै आएका थिए । नेपाल र भारत बिचको औपचारिक खेल अवलोकन गर्नको लागि रंगशालामा दर्शकको अत्याधिक भिड भएको हो ।
टिकट हुनेहरु पनि शुरक्षाको कारण देखाउँदै भित्र छिर्न नदिएपछि झनै आक्रोशित भए । टिकट नपाएका भनिएकाहरु पनि रंगशालाको बाहिरी भागबाटै भएपनि खेल हेरीरहेका थिए भने कोही कोही बाहिर बाटै ब्ल्याकमा टिकट बेच्दै थिए । हेर्नुहोस् यो भिडियो ।