मुस्ताङमा रोमान्स गर्दै भेटीए जितेश र एलिशा (भिडियो)

नाम जस्तै मिलनसार र आकर्षक व्यक्तित्वका धनी गायक मिलन सुर्खेतीले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो “ पहिलो भेटमै” लिएर स्रोता र दर्शक माझ आएका छन ।

यस गीतमा स्वर तथा संगीत मिलन सुर्खेतीको रहेको छ भने गीतका शब्द योगेन ढोलीले लेखेका हुन । गीतको संगीत संयोजन रिकेश गुरुङ “किज”ले गरेका हुन ।

रोमान्टिक भर्सनको म्युजिक भिडियो लाई मुस्ताङमा छायांकन गरिएको हो । मुस्ताङका रमणीय दिर्श्य समेटिएको म्युजिक भिडियोमा एलिशा पुन मगर र जितेश प्रधानको अभिनय रहेको छ । संजय लामाले छायांकन गरेको म्युजिक भिडियोलाई बानिश शाहले सम्पादन गरेका हुन । शिशिर खातीले गीतको कोरियोग्राफी गरेका हुन। रबिन पौडेल सह-निर्देशक रहेको यस गीतको म्युजिक भिडियोलाई नबिन पुरीको निर्देशनमा तयार पारिएको हो । राजेश मास्केको लगानीमा भिडियो निर्माण भएको हो ।

२०५७ सालबाट आफ्नो गायन यात्रा प्रारम्भ गरेका गायक सुर्खेतीले हाल सम्म २ वटा म्युजिक एल्बम र दर्जनौ गीतमा आफ्नो स्वर र संगीत दिसकेका छन । “ मन छाडे मैच्याङ्ग”लाई बोलको गीतको रिमिक्स गाएर सोर्ता माझ परिचित बनेका यी गायकले आफ्नो नयाँ गीत सोर्तालाई मन पर्नेकुरामा आशावादी छन । निकै मेहेनतका साथ बनाएको भिडियोलाई दर्शक र मिडिया हाउसबाट सपोर्टको अपेक्षा समेत राखेका छन ।