अंगालोमा बेरिएर चुम्न मन छ भनेको के हो ? : सिद्धबाबालाई बलात्कारको आरोप

काठमाडौं । महायोगी सिद्धबाबा कृष्णदासलाई बलात्कारको आरोप लागेको छ । बलात्कारको आरोप लगाउने महिलाले कृष्णदासको मोबाईलमा दर्जनौं एसएमएस गरेको प्रमाण फेला परेको छ । बलात्कारको आरोप लगाउने ती महिलाले सिद्धबाबालाई म्यासेज पठाएउँदै भनेकिछन्, ‘एकचोटि भेट्न पाए नि हुन्थ्यो, कति चुम्न मन छ। के यो झुटो हो ? हजुरको मनमा टोलाउँदा आफैं मुस्कुराउँछन् यी ओठ, के यो नाटक हो ?’ लगायत दर्जनौं एसएसएस न्यूज अभियानसँग सुरक्षित रहेको छ ।

उनले पठाएका एसएमएस घटनामा नयाँ ट्विस्ट आएको छ। बलात्कारको आरोप लगाएकी महिलाले नै विगत ६ महिनादेखि एसएमएस र फेसबुकमा स्टाटस राख्दै आएकी छन् । कतिपय एसएमएसमा भनिएको छ, ‘जय सिताराम हे प्राणनाथ जुन चरण चुम्न यो मन आतुर छ, ती कोमल चरणमा कोटी कोटी नमन, कसम खाएर नी लेखेसी भन्ने सोचिसिन्छ होला ? जे सजाय पनि भोग्न तयार छु। हजुरको मन त मेरो लागि कठोर छ।

तर म हजुरलाई पाउन तड्पिरहेको छु। मेरो मनको पीडा हजुरलाई के थाहा ?’ यसरी तड्पिएको जनाउदिने महिलालेनै बलात्कारको आरोप लगाएकी छन् । त्यसो त ‘एकचोटि भेट्न पाए नि हुन्थ्यो, कति चुम्न मन छ। भन्नेले कसरी यस्तो आरोप लगाईन् बहसको विषय बनेको छ । यसरी निरन्तर ती महिलाले दर्जनौ एसएमएस पठाउँदा अर्को पक्ष अर्थात कृष्णदासजी महाराजका तर्फबाट खासै रिप्लाई आएको देखिदैन । त्यसो त उताबाट प्रतिक्रिया नआएपछि उनले कति निष्ठुरी भएको भनेको एसएमएस देख्न सकिन्छ । ती महिला सुरुमा सिद्धबाबा विरुद्ध उजुरी दिन भन्दै महानगरीय प्रहरी परिसर काठमाडौं पुगेकी थिइन्।

काठमाडौंले आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भन्दै सिआइबी जान सुझाएपछि उनी सिआइबी पुगिन्। आफूकहाँ आएको जाहेरी सिआइबीले सुनसरी प्रहरीलाई पठाएको हो । उनी निर्दोष हुन् या दोषी भन्नेबारे अनुसन्धान बाँकी नै छ। भर्खरै नियन्त्रणमा लिइएकाले उनीमाथि अनुसन्धान सुरु भइनसकेको प्रहरीले जनाएको छ।

सिद्धबाबाका अनुयायीहरु भन्छन्,यो सरासर गुरुदेवलाई फसाउन आएको एक महिला हो । नियोजितरुपमा धर्म,संस्कृती र गुरुदेवमाथी प्रहार हो । बास्तवमा अंगालोमा बेरिएर चुम्न मन छ भनेको के हो ? गुरुले कुनै अभिब्यक्ती नजनाएपछि ती महिला प्रहरीकोमा पुगेको उनीहरुले बताएका छन् ।

सिद्धबाबाका अनुयायीहरूले भने उनलाई फसाउन नाटक रचिएको दाबी गरेका छन्। प्रतिष्ठानले धर्म संस्कृति र अध्यात्मिक चिन्तनलाई कमजोर पार्ने उद्देश्यका साथ सुनियोजित रुपमा चरित्रहत्या गर्न खोजिएको भन्दै सरकार समक्ष घटनाको निष्पक्ष छानविन गरी निराधार आरोप लगाउने दोषीमाथि कारबाहीको माग समेत गरेको बताएका छन् । सुनसरीको चतरामा आश्रममा रहेका महायोगी सिद्धबाबाको चरित्र हत्याको आरोप लगाएपछि प्रतिष्ठानले सिद्धबाबा विरुद्ध गलत अभिप्रायका साथ केही व्यक्तिहरु लागेको उल्लेख गरे । – न्यूज अभियान डट कम