जनगायक जीबन शर्मा सर प्रतिको हाम्रो मुल्याङकन र नज़रिया पछाडि वहाँको इमानदारिता र सदाचारिताको लामो इतिहाँस छ!

समाजसेवी लेखिका ज्वाला संग्रौलालेख्नुहुन्छ :

हामी कुनै बाद, पार्टी, संगठन, धर्म, पेशा , सम्पति , योग्यता र जातको आधारमा मान्छेको आलोचना या समर्थन गर्दैनौ, हामी त केबल उस्को नैतिक धरातल र उस्ले बोकेको चरित्रले समाजमा पारेको प्रभाव हेरेर उस्को मुल्याङकन गर्छौं! जनगायक जीबन शर्मा सर प्रतिको हाम्रो मुल्याङकन र नज़रिया पछाडि वहाँको इमानदारिता र सदाचारिताको लामो इतिहाँस छ! आज एकदमै खुसी लागेको छ कि वहाँजस्तो सादगी जिवन जिएर हिँड्ने योद्दालाई सानो अभियान मार्फत थोरै भएपनि सहयोह गर्ने अवसर हामी सबै नेपालीले पायौं!

धेरै धेरै धन्यबाद हजुरहरु सबैलाई , जस्ले वहाँको सुपुत्रको सुस्वास्थ र दिर्घ जीबनको कामना गरेर सहयोग उपलब्ध गराईदिनु भयो र हजुरहरुको सहयोगमाथी कहिँ कतै खोट र चोट नलगाई हामीले जस्ताको तस्तै र बरु अझ बान्की मिलाएर वहाँसम्म पुर्याएका छौ! रबि दाई र निगम दाई जस्तो इमानदार र देशभक्त छोराहरुको हातबाट यो सहयोग जीबन सरसम्म पुर्याएर आजबाट हामीले पनि एउटा ज़िम्मेवारी पुरा गरेका छौं। हामीलाई पैसाको मुठो देखाएर प्रचार प्रसार गर्नु भन्दा पनि हाम्रो उदेश्य, भावना र ज़िम्मेवारी के हो र त्यस्लाई हामीले बहन गर्न सक्यौं कि सकेनौं, त्यतातिर फ़ोकस गर्नु पर्छ जस्तो लाग्छ! यो कुनै नाम कमाउन गरिएको ब्यापार हैन,एक इमानदार योद्दाको पारिवारिक पीडामा दिइएको साथ हो , माया हो, सम्मान हो!फेरिपनि सबैजनालाई एकमुस्ट धन्यबाद ! जीबन सरको सुपुत्रलाईँ चाँडो निको होस् र आउँदो १७ तारिककको वहाँको अप्रेशन पनि सफल रहोस्..