शल्यक्रिया गरेर बच्चा निकालेको १८ घण्टासम्म पिसाब नभएपछि सुत्केरी महिलाको दुवै मिर्गाैला फेल

पर्वतको कुश्मा नगरपालिका–४ जिरो किमीकी एक सुत्केरी महिलाको दुवै मिर्गाैला फेल भएका छन् । यही कात्तिक १७ गते गण्डकी अस्पताल पोखरामा शल्यक्रियामार्फत बच्चा जन्माएकी स्थानीय २३ वर्षीया विशाका परियारका दुवै मिर्गाैलाले काम नगर्ने भएको हो ।

शल्यक्रिया गरेर बच्चा निकालेको १८ घण्टासम्म पनि पिसाब नभएपछि मिर्गाैलामा खराबी भएको आशङ्कामा परीक्षण गर्दा दुवै मिर्गाैलाले काम नगरेको पाइएको विशाकाकी दिदिले बताइन ।
आमाको दुवै मिर्गाैला फेल भएपछि पोषिलो दूध चुस्नुपर्ने नवजात शिशुको बिचल्ली भएको छ । बच्चालाई सङ्क्रमण हुनबाट जोगाउनका लागि आमासँग राख्न नमिलेको विशाकाको श्रीमान बताउछन हामीले उनको श्रीमान आमा र दीदी संग कुरा गरेका छौ यो भिडीयो पुरा हेर्नुहोला