अर्घाखाँचीमा बस दुर्घटना, १७ जनाको मृत्यु

कमला घिमिरे, अर्घाखाँची जिल्लको सन्धिखर्क नगरपालिका वडा नं. ६ नरपानी रातामाटामा बस दुर्घटना हुदाँ १७ जनाको मृत्यु भएको छ । चालक सहित पछिल्लो जानकारी अनुसार घटनास्थलमै १७ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए ।

लु २ ख २१४८ नम्बरको बस दुर्घटना भएको हो । बस सड्कबाट करिब ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । गाडी दुर्घटना भएको नरपानी देखी घुम्तीसँग दुर्घटना कम गराउँनका लागी बाटो काट्ने काम हुदाहुदैँ गाडी दुर्घटना हुनाले जिल्लाबासी चिन्तीत छन् ।

उद्धार कार्य गर्न निकै अफ्ठ्यारो भिर भएकाले गाहृो भएको छ । दिउँसो करिब ४ बजे गाडी दुर्घटना भएको हो । गाडी चालक अन्दाजी वर्ष ३० का ओमबहादुर थापा बसन्त भन्नेको मात्रै सनाखत भएको छ । अन्यको सनाखत हुन बाकी रहेको छ ।