कमला घिमिरे बुबाको कारण रुदै मिडियामा आएपछि अमृतले मागे माफी,कमलाको बुबाको यस्तो सम्म कर्तुत

काठमाडौँ ।बुबाको कारण यो बेला कमला तनाबमा छिन।सानो उमेरमै आफ्नो पहिचान बनाउन सफल बालगायिका कमला घिमिरेका लागि प्रसिद्धि र सफलता यतिबेला चुनौती बनेको छ । ११ वर्षमै लोकदोहोरी मार्फत उनी अहिले ‘सेलिब्रेटी’ जस्तै बनेकी छिन् । त्यही भएर मिडिया, अझ खासगरी युट्युव च्यानलहरुको रोजाइमा उनी पर्ने गरेकी छन् । तर, अन्तरवार्ताका नाममा घुमाउरो प्रश्न गर्ने र आफूलाई चाहिएको भाषाशैलीमा बोल्न बाध्य परिस्थिति खडा गरेर सामाजिक मर्यादा र परिवारका सदस्यहरुको आत्मसम्मानमा चोट पुग्न थालेको स्वयम् कमला बताउँछिन् ।

आफ्नो कलामार्फत छोटो समयमा ख्याति आर्जन गरेकी कमला दैनिकजसो दुई–चारवटा युट्युव च्यानललाई अन्तरवार्ता दिन बाध्य हुन्छिन् । पछिल्लो समय उनको अन्तर्वार्ता लिन युट्युबरहरुको धुइरो लाग्न थालेपछि बुबाले जथाभावी अन्तरवार्ता नदिन सुझाव दिए । हुन पनि उनलाई युट्युबरहरुले दिनरात, बिहान–बेलुका नभनी पछ्याउँछन् । जसका कारण उनले न राम्रोसँग पढ्न पाएकी छन्, न त खान नै । यसकारण घरमा युट्युबरहरुलाई रोक लगाउनु परेको उनका बाबु कल्याणप्रसाद घिमिरेको भनाइ छ।एता अमृतले कमलाको बाबाको कारण देखाउदै मिडिया सामु माफी मागेका छन हेरौ यो भिडियो :