मन्दिर प्रबेश भन्दा अब दलितले सिंहदरबार भित्र प्रबेश गर्न संघर्ष गर्ने की?

सरु सुनार, जातीय विभेद र छुवाछूतको एउटा जड र निरन्तरता दिइरहेको एउटा पाटो भनेको धर्मसंग जोडिएको विषय पनी हो । बिगत लामो समय देखी दलितसमुदायको हक अधिकार , र जातीय छुवाछूत र बिभेदका घटनामा कलम चलाउदै गर्दा , आवज बुलन्द गर्दै गर्दा देशका धेरै बिगट जिल्ला र गाउँ बस्तीमा पुग्दा त्यहाँका समुदाय , संस्कार , परम्परा र बिभेदलाइ नजिकबाट नियाल्ने मौका पाएकी छु । म आफै यहि समुदायबाट प्रतिनिधित्व गर्दा आफैले धेरै जातीय बिभेद भोगेकी छु ।

देशमा १० बर्षको जनयुद्ध , २०६३ सालमा छुवाछूत मुक्त रास्ट्र घोषणा, २०६८ को जातीय भेदभाव , छुवाछूतको ऎन , २०७२ को संविधान धेरै कुराहरु लेखियो दलित समुदायको बिकास , न्याय र समानताको लागी तर यतिका बर्ष बितिसक्दा पनि दलित समुदायको आर्थिक , राजनीतिक , साँस्कृतिक र अन्य नागरिक सरहको अधिकार प्राप्त हुन सकेन ।
बनेका कानुनहरुको फितलो कार्यन्यन र सत्ता र शक्तिमा दलित समुदायको पहुँच नहुदा सधैं दलित नै भएर बाच्न पर्ने नियती जस्तो बनिदियो ।

अन्तरजातीय बिवाहा गर्दा मारिएका अजित मिझारको लास ४ बर्ष देखि टिचिङ अस्पतालमा सडेर बस्नु देशको संविधान र दलित समुदायको लागी बनेको कानुन कतिको प्रभाकारी कार्यनयन भएको छ यसको बलियो प्रमाण हो।

पछिल्लो समयमा शहरको भिड होस् या गाउँको सुनसान पखेरा होस् , मन्दीर होस् या स्कुल , बिवाहा भोज होस् ब्रतबन्ध , मसानघाट होस् या क्रियापुत्री भवन , सरकारी निकाय होस् या कलेज र बिधालय , हिड्ने बाटो होस् या घर खेतबारी देखी आँगनका डिल होस् , माननीय देखि सडकमामा पानी पुरी बेच्ने होस् ,ठुला – ठुला सेमिनार देखि सामान्य कार्यक्रम होस् , बोल्ने भाषामा होस् या चलेको थेगो , दलित समुदायलाई होच्याउने उखान होस् विशिष्ट देखि सामान्यहरुले पनि बोल्दा जातीय अपमानजनक शब्द प्रयोग गरेकै हुन्छ ।

सार्बजनिक स्थलमा हुने छुवाछूत विशेषत धारापंधेरामा पानी छोइयो भन्नी र मन्दिरमा दलित समुदायहरुलाई प्रबेश निषेध साथै प्रबेश गरे पनि मन्दिर चोख्याउने , जरिवाना तिराउने गरिन्छ ।
भेटी , दक्षिणा चल्ने तर मन्दिर भित्र प्रबेश र पुजारीले दलितलाई टीका नलगाई दिने यस्ता घटना प्राय आइरहेको हुन्छ ।
नेपालको संविधानले प्रस्तावाना मै ” नेपाल धर्म निरेपक्ष रास्ट्र हुनेछ भने पनि धार्मिकरुपमा दलितहरुलाइ विभेद गर्न भने छोडिएको छैन ।

घटना १. २०७३ माघ २० गते रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका वडा न ४ बेतालीको शेराकाली मन्दिरमा सोही गाउका कृष्ण बहादुर बिकले मन्दिर प्रवेश गर्दा पुजारी द्वय छत्रबहादुर बुढाथोकी र भिमबहादुर बुढाथोकीले दलितले मन्दिरमा गएर पुजा गर्दा अछुत हुने भन्दै मन्दिर चोखाएर कृष्ण बिकलाइ मन्दिर प्रबेश गरे बापत रु ५ हजार जरिवाना तिराएका थिए ।
उक्त घटना दलित अधिकारकर्मिको पहलमा छुवाछूत ऎन अनुसार मुद्दा दर्ता गरि पुजारीहरुलाइ प्रहरीले गिरफ्तार गरेको थियोे ।

घटना २. २०७५ भदौ २८ गते बाराको पावरवानिपुर गाउँपालिका ३ लिपनीमालस्थित मन्दिर दलित बालकले मन्दिर परिसर भित्र चापकलको पानी पियो पुजारीले दलित बालकलाई कुटपिट भएको गरेको थियोे थियोे । झगडामा गैरदलितको कुटाइबाट सुमन राम , उनका दाजु उमेद र भनिज आकाश गम्भीर घाइते भएका थिए ।

घटना ३.कपिलवस्तुको चनौटाका मिलन बिकले घरमा सत्यनारायण पुजा गर्न बोलाएको पण्डित दुइजना दलित भन्ने थाहा पाए पछी पुजा छोडेर भागेका थिए ।
भाग्ने पुजारी भिम प्रसाद पोख्रेललाई छुवाछूत कसुर ऎन अनुसार मुद्दा दर्ता भइ थुनामा राखिएको थियोे ।

घटना ४. रामेछाप जिल्लाको उमाकुण्ड गाउँ पालिकामा रहेको चन्डेश्वरी महादेव गुफा मन्दीर निर्माणकार्यमा दलितहरुले काम गर्दा सानो जातले मन्दीर , गुफा बनाउन नहुने भन्दै मंसिर २४ गते निर्माधिन गुफामा स्थानीय मधु आचार्यले तालाबन्दी गरेका हुन ।

कात्तिक २१ गते वडा अध्यक्ष मानबहादुर सुनुवारले वडा कार्यलय मै छलफल गरी वडाबाट रु. एकलाख बजेट बिनिमियोजन गरी स्थानीय अमृत सापकोटा ( बिक )लाई जिम्मा दिएका थिए, काम थालनी गरे पछि केही रकम दिने र अरु काम गर्दै सम्पन्न सम्म पूरा गर्ने छलफल अनुसार जिम्मा पाएका अमृत सापकोटाले कार्तिक २४ गतेबाट दैनिक ७ जना कामदार श्रमिकहरु लगाइ चन्डेश्वरी गुफा निर्माणकार्य अगाडी बढाएका थिए ।
दलितहरुले न्यायिक समितिमा निवेदन दिए पछि माफी माग्दै दलितहरुलाई बिभेद गर्ने उदेश्यले नभएको भन्दै माफी मागी मेलमिलाप भएको थियोे ।
यी त भए प्रतिनिधि घटनाहरु यस्ता घटना प्राय भैरहेको हुन्छ ।

एकातिर धर्म सग जोडिएको जातीय छुवाछूतको अवशेष धर्म सगै जोडिएर अन्त्य हुन सकेको छैन । पछिल्लो समयमा दलितहरुले हिन्दू धर्म त्याग्ने कि ? भन्ने जस्ता बहस भने नचलेका होइनन् ।

मन्दिर , पुजाआजा यी सबै धर्मसंग जोडिएको हुँदा यहि ठाउँहरुमा दलितहरुलाई प्रवेश निषेध भैरहेको छ । जहाँ आफ्नो आत्मसंमान हुँदैन , जहाँ गएर आफुलाई अपहेलित महसुस हुन्छ त्यहाँ किन जानू ? मन्दिर बनाउन खर्च गर्नु भन्दा स्कुल बनाउन बेश हुन्छ । अब दलित समुदायहरु मन्दिर प्रबेश भन्दा सिंहदरबार भित्र प्रवेश गर्न तिर सोच्न जरुरी छ ।

जबसम्म दलित समुदायहरु राज्यको नितिनिर्माण गर्ने तहमा पुग्न सक्दैनन् , जबसम्म राज्यको हरेक तहमा समानसहभागिता हुँदैन तबसम्म दलित समुदायहरु माथिको विभेद हट्नेवाला छैन।अन्धबिस्वास र कुरुतीले निम्त्याएको हरेक रुणिबादी परम्परालाई निरन्तरता दिनु भन्दा राजनीतिक रूपमा राज्यको उच्च निकाएमा पुग्न संघर्ष गरौ।

साभार : थाहा अनलाइन डटकम