पोखरामा स्टारफ्रुटको खेती, घर बसीबसी २ लाख आम्दानी, क्यान्सर देखि सुगर सम्मका दर्जनौँ रोग निको पार्ने यस्तो छ यसको गुण

सरकारी जागिरबाट रिटायर्ड भएका ७६ वर्षिय विश्वनाथ पराजुली आजसम्म पनि माटोमा आफ्ना नङ्ग्रा खोस्रीरहेका छन् ।

उनको पोखरा ५ पस्र्याङ स्थित घरमा पुग्दा अचम्म लाग्दो दृश्य देख्न सकिन्छ । उनको घरमा तरकारी र फलफुलको निकै राम्रो बगैचा छ । तरकारी नभई खानै खादिन, तरकारी किनेर खादै खादिन भन्ने विश्वनाथले घरमानै आफुलाई पुग्ने तरकारी मात्र उत्पादन गरेका छैनन् व्यवसायीक रुपमा नै उनले तरकारी र फलफुल खेती गरेका छन् । उनि भन्छन् – “उत्पादन नगर्नेहो भने कसरी खाने, कसरी बाँच्ने ? उत्पादन त गर्नै पर्छ । “

उनको बारीमा यतिबेला स्टारफ्रुट लटरम्म फलेका छन् । १० वर्ष अगाडी टर्कीबाट ल्याएको स्टार फ्रुटले उत्पादन दिन थालेको ३ वर्ष भयो । पराजुली भन्छन् वार्षिक करिब १ लाखको स्टार फ्रुट बेच्दै आएको छु । उनले विभिन्न पसल र मण्डीमा प्रति केजी २ सय मा स्टार फ्रुट बेच्ने गरेको बताए ।

स्टार फ्रुट जण्डीस, लिभर टोनिक, निराह ब्रत बस्दा, डाइटिङ गर्दा समेत खान फलदायी हुने पराजुलीको भनाई रहेको छ । साथै स्टार फ्रुट तरकारी, अचार, सलाद वा जुसको रुपमा समेत खान सकिने फल भएको उनले बताए ।