२५ करोड लगानीमा नेपालकै ठुलाे बायो ग्यास उद्योग सञ्चालन ! यसरी बन्छ ग्याँस, केही खेर जादैन

पोखरा ३२ स्थित मजुवामा फोहोेरबाट मोहोर उत्पादन हुने गरी नयाँ उद्योग गण्डकी उर्जा प्रा.लि सञ्चालनमा आएको छ । पोखरा क्षेत्रका १६ जना युवा उद्यमीबाट सुरु गरिएको उक्त उद्योगबाट हाल दैनिक करिब ६ सय किलो बायो ग्यास उत्पादन हुन थालेको प्रा.लि.का प्लान्ट म्यानेजर निमेशकुमार झाले बताए ।

जर्मनी प्रविधिमा आधारित जर्मन, इटली, अमेरीका, भारतबाट समेत विभिन्न मेसिनसहितका निर्माण सामग्रीबाट उक्त उद्योग हालै सञ्चालनमा ल्याएको प्लान्ट म्यानेजर झाले जनाए ।

४० रोपनी क्षेत्रफलमा रहेको उद्योगले ग्यासको साथमा प्राङ्गारिक मल समेत उत्पादन गर्ने भएको छ । उद्योग पूर्ण रुपमा सञ्चालन हुँदा दैनिक १० देखि १२ टन मल उत्पादन हुने प्लान्टले जनाएको छ । उद्योगबाट उत्पादन भएको मल उद्योगबाट प्रति केजी १० र अन्य क्षेत्रमा पु¥याउँदा प्रति केजी २५ रुपैयाँ पर्ने बताइएको छ । त्यसै गरी प्रा.लि.ले कुहिने फोहोर पोखरा क्षेत्रमा नपाएका कारण हाल नवलपुरसम्म पुगेर फोहोर ल्याउने गरेको छ ।

पोखराबाट निस्कने फोहोरलाई वर्गिकरण नगर्दा र महानगरले उक्त कम्पनीलाई फोहोर दिने बिषयमा चासो नदिएका कारण कम्पनीले अन्य जिल्लाबाट फोहोर ल्याउदै आएको छ । कम्पनीले कुहिने फोहोरलाई ढुवानी सहित प्रति केजी एक रुपैयाँ दिने भएको छ ।