फेरी भारतले गर्यो यस्तो काम, नयाँ नक्सामा काली नदी नै गायब, हेर्नुहोस अब के हुन्छ ?

अतिक्रमित नेपाली भूमिलाई आफ्नो राजनीतिक नक्सामा देखाएको भारतले नयाँ नक्सा जारी गरेको छ । तर उसले अतिक्रमित भूमि छाड्नुको साटो नेपाल भारत सीमाका रुपमा रहेको काली नदीलाई नै नक्साबाट हटाएको छ ।

सर्वे अफ इन्डियाले जारी गरेको नवौं संस्करणको नक्सामा काली नदी नै गायब पारिएको छ । जबकी आठौं संकरणको नक्सामा काली नदी स्पष्ट रुपमा देखाइएको थियो ।

त्यही नक्साका कारण नेपपालमा आन्दोलन चर्किएको छ । नेपाल सरकारले पनि भारतीय नक्सा अस्वीकार्य मात्र भनेन, अतिक्रमित भूमिबाट सेना फिर्ता लैजान आग्रह गरेको छ ।

त्यसको केही दिनपछि भारतले काली नदी लुकाउनकै लागि नवौं संस्करण निकालेको हो ।