सत्यराजले भेटाए अन्तरे

सत्यराज चौलागाईंले निर्देशन गर्ने चलचित्र ‘अन्तरे’को मुख्य कलाकार ‘अन्तरे’ फाइनल भएको छ । मुकुन भुसाल ‘अन्तरे’ बन्ने चलचित्रका अन्य कलाकार धमाधम छ्नोट भैराखेका छन ।

उनले आफ्नो समय र टीम दुवै मिल्न आएको बताए । ‘फिल्मको मूख्य पात्र अन्तरे हो र अन्तरेको भूमिका बलियो छ । बुलबुलबाट मैले पाएको माया दर्शकबाट नमरोस् भनेर मैले धेरै स्क्रिप्ट पढिरहेको थिएँ । त्यहि बिचमा यो फिल्मको पनि पाएँ । मैले जे खोजेको थिएँ त्यहि यसमा पाएँ’ मुकुनले भने, ‘मैले मेरो आफ्नो पात्र मात्र हेरिन, पुरै स्क्रिप्ट पढेँ । स्क्रिप्टमा जे लेखिएको छ । पुरै फिल्ममा देखाउन सकिने गरि लेखिएको छ ।

रेड आइ फिल्मसको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘अन्तरे’ लाई राज पण्डित र सुबास राई ले लगानी गर्दै छन ।

समसामयिक कथाबस्तुमा पुर्ण मनोरञ्जनात्मक चलचित्र निर्माण गर्ने निर्देशक बताउछ्न । यसका अन्य प्राविधिक काम र कलाकार फाईनल गरेर फागुनको पहिलो सातामा फ्लोरमा जाने तयारी गरिरहेको निर्माता राज पण्डितले बताएका छन।