मन्दीरमा माटो ढुङ्गा पनि छोइन्छ भन्दै दलितलाई काम गर्न रोक लगाई तालाबन्दी

अरु कुनै “कज”होईन हामी दलित भएको कारण काम गर्न बन्चित गर्दै तालाबन्दी लगाइएको हो ।

सरु सुनार , काठमाडौं । रामेछाप जिल्लाको उमाकुण्ड गाउँ पालिकामा रहेको चन्डेश्वरी महादेव गुफा मन्दीर निर्माणकार्यमा दलितहरुले काम गर्दा सानो जातले मन्दीर , गुफा बनाउन नहुने भन्दै निर्माधिन गुफामा स्थानीय मधु आचार्यले तालाबन्दी गरेका छन् । कात्तिक २१ गते वडा अध्यक्ष मानबहादुर सुनुवारले वडा कार्यलय मै छलफल गरी वडाबाट रु. एकलाख बजेट बिनिमियोजन गरी स्थानीय अमृत सापकोटा ( बिक )लाई जिम्मा दिएका थिए , काम थालनी गरे पछि केही रकम दिने र अरु काम गर्दै सम्पन्न सम्म पूरा गर्ने छलफल अनुसार जिम्मा पाएका अमृत सापकोटाले कार्तिक २४ गतेबाट दैनिक ७ जना कामदार श्रमिकहरु लगाइ चन्डेश्वरी गुफा निर्माणकार्य अगाडी बढाएका थिए


स्थानीय कामदारको रूपमा , हस्तबहादुर नेपाली , लालबहादुर नेपाली , कृष्ण बहादुर नेपाली , भगत नेपाली , रमा नेपाली , देबी नेपालीले दैंनिकी रूपमा रु .एकहजारको दरले काम गरेका थिए । पाँचौ दिन काम गरिसके पछी स्थानीय मधु आचार्यले कार्तिक २८ गते राती उक्त गुफामा चाबी लगाइदिएका छन् । अमृत सापकोटाले थाहा अनलाइनलाई बताए ” वडा अध्यक्ष कै सहमती अनुसार मैले जिम्मा लिएर काम अगाडी बढाएको हो , २९ गते मधु आचार्यले तिमीहरु दलितहरुले मन्दीर , गुफा बनाउन मिल्दैन , सानोजातले बनाइएको मन्दिर चल्दैन भन्दै चाबी लगाइदिएका हुन् । हाम्रो काम गर्ने औजार , सामाग्री समेत सबै भित्र भएको हुँदा उनले चाबी लगाइदिए पछी सामान निकाल्न पाएको छैनौं ।

हामी काम गरेर खाने मान्छे औजार नै नभए पछि सबै कामदारलाई समस्या परेको छ । अरु कुनै “कज “होईन हामी दलित भएको कारण काम गर्न बन्चित गर्दै तालाबन्दी लगाइएको हो ।

अमृत सापकोटाले मङ्सिर १ गते न्यायिक समितिमा आफुहरु माथी भएको जातीय छुवाछूत र विभेदको विरुद्ध साथै आफुहरुले गरेको श्रमको उचित हिसाब र क्षतिपूर्तिको माग सहित निवेदन हालेको जानकारी दिएका छन् । एक्काइसौं सताब्दिमा मान्छे भएर उभिने प्राणीहरुले यस्तो व्यबहार गर्दा नेपालको संविधान २०७२ र २०६८ को जातीय भेदभाव तथा छुवाछूत कसुर ऎन अनुसार यस्ता छुवाछूत गर्ने ब्यक्तिहरुलाई हदैसम्मको कारवाही गर्न पर्ने भन्दै यो घटना एकदमै निन्दनीय भएको हुँदा सिङ्गो समुदायले साथ दिनु पर्ने बताएका छन् ।

के भन्छन् त वडा अध्यक्ष ?

उमाकुन्ड ४ का वडा अध्यक्ष मानबहादुर सुनुवारले कार्तिक २१ गते वडामा छलफल गरी अमृत सापकोटालाई गुफा निर्माण गर्न जिम्मा दिएको हो । उनिहरु बिचको अन्य कुनै विवाद होला तर छुवाछूतको होईन ? थाहा अनलाइन सङ कुरा गर्दै दुई बिच बिबाद र तालाबन्दी हुँदा आफुलाइ थाहा नभएको र दुबै पक्षलाई राखेर छलफल गराउने बताएका छन् ।

थाहा अनलाइन बाट साभार :