राधिका हमालको स्वरमा पन्चे बाजा गीत “नौमती बाजाले” बजारमा (भिडियो सहित)

अविरल फिल्म्सको बजार ब्यबस्थापनमा राधिका हमाल र प्रकाश परियारको स्वरमा रहेको पन्चे बाजा गीत ” नौमती बाजाले” बजारमा सार्बजनिक भएको छ l लगनको महिना सुरु भए संगै प्रकाश परियार र बसन्त बिकको संयुक्त कोसेली बजारमा आएको हो l

बुद्ध बिर गोर्खालीको लय शब्द तथा अविरल फिल्म्स को दृश्य निर्माणमा तयार भएको भिडियोलाई बिष्णु भट्टराईले निर्देशन छायांकन तथा सम्पादन गरेका छन् भने सगुन शर्मा को श्रीन्गारमा सन्तोष शर्मा र निरु राना मगरको अभिनय देख्न सकिन्छ l

बिक्रम राना मगरको नृत्य निर्देशन रहेको भिडियो अविरल फिल्म्सकै अफिसियल युटुब मार्फत बजारमा आएको हो, साली र भेनाको रमाइलो दृश्य रहेको पन्चे बाजा गीतको पुरा भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस।