गायक कृष्ण केसीको मातृभुमि प्रति समर्पित गीत “गोर्खालीको शान “भिडियो सहित।

आर पोखरेल, काठमाडौँ

नेपाली गीत संगीतहरुमा मातृभुमी प्रति समर्पित गीत कम मात्रामा आइरहेको अवस्थामा देश प्रति समर्पित गीत “गोर्खालीको शान “को भिडिया सार्वजनिक भएको छ ।

गोखार्ली ले गरेको योग्दान र पुर्खाले गरेको बलिदान बाट बनेको विशाल नेपालको गरिमालाई उच्च मुल्याङकन गर्दैँ गीतमा देश प्रतिको मायालाई समेटिएको छ । सार्वजनिक गीतमा गायक कृष्ण के सी र गायिका सोनु घिसिङको आवाजमा रहेको गीत बजारमा आए सगैँ चर्चाको शिखरमा रहेको छ ।

सुवास जिसीको शब्द तथा कृष्ण केसीको संगीतमा तयार पारिएको गीतमा देश प्रतिको माया र स्नेहलाई समेटिएको छ ।विदेशीको हस्तक्षेपबाट नेपालको भृुमी गुम्न नदिनको लागी गीतले नेपालीलाई एकजुट हुन आग्रह गरिएको छ । सुवास जिसीको छायाँकन , पवित्रा जिसीको सम्पादन तथा सुवास जिसीको निर्देशन रहेको छ ।

“गोर्खालीको शान “ गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोस।