समातिए गुल्मीको जंगलमा जुम्लाहा छोरी सहित आमाको ज्यान लिने मान्छे, श्रीमतीले खोलिन घटनाको नालिबेली (भिडियो)

गुल्मीको जंगलमा एक महिलाको घोप्टो परेको अवस्थामा शब फेला पर्यो कार्तिक १६ गते । अल्ली पर फेरी दुई बच्चाको शब फेला पर्यो । रहस्यमय यो घटनाले गुल्मी प्रहरीलाई घटनाको बास्तविकता बाहिर ल्याउन दवाव पर्यो । सुरुमा त शब कस्को थियो भन्ने नै थाहा भएन पछि प्रहरीको अनुसन्धानबाट उक्त शब पोखरा हेमजामा काम गर्ने सरिता भनिने शिबमाया लिम्बु र उनकी सात बर्षिया जुम्लाहा छोरी गंगा जमुना रहेको पत्ता लाग्यो । पूर्णबहादुर सुनारले सचालनमा ल्याएको क्यान्टिनमा काम र्ने सरितालाई संचालक सुनारले गुल्मीको जंगलमा लगेर हत्या गरेको अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालय गुल्मीले ठहर गरेको छ र हत्याराको अभियोगमा पूर्ण बहादुर सुनारलाई समेत सार्वजनिक गरेको छ । जुम्लाहा छोरी सहित पोखरा आएकी सरिताको उनी पूर्णबहादुर सुनारसंग अनैतिक सम्बन्धका कारण उनले छोरी सहित हत्या गरेको स्थानीयहरुले बताएका छन् । प्रत्यक्षदर्शीका अनुसार श्रीमतीको अगाडी बहिनी भन्ने र श्रीमती नहुँदा बस्ने कोठामा समेत संगै बस्ने गरेको समेत बताए । उनकी श्रीमती हेर्नुहोस् गुल्मी जंगलको रहस्यमय हत्या काण्डको बास्तबिक कुरा भिडियोमा