आजको राशिफल बि.सं. २०७६ साल कार्तिक ३० गते शनिबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क नं +९७७– ९८४२२१९७३५ आजको राशिफल

आजको राशिफल बि.सं. २०७६ साल कार्तिक ३० गते शनिबार ई. सं. २०१९ नोभेम्बर १६ आज मिति बि.सं. २०७६ साल कार्तिक ३० गते शनिबार ई. सं. २०१९ नोभेम्बर १६ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, मार्गशिर्ष कृष्णपक्ष चौथी तिथि, आद्रा नक्षत्र, मिथुन राशिमा। सिद्धि योग, बब करण। नेपालमा, सूर्योदय बिहान ०६ः२६ बजे, सूर्यास्त साँझ ०५ः१० बजे हुनेछ। आजको पर्व तथा मुहूर्त– रुद्रिपुजा शिववास र अग्नीवास होमादिकार्य जुरेको दिन छ। आज जन्म लिने बच्चाको राशि मिथुन हुन्छ। आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ। यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्र ईत्यादीमा पनि समय अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – साथीभाईको सहयोगका बाबजुद आफ्नो चाहनाबमोजिम छिटो कार्य सम्पन्न हुन कठिन छ । मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । छोटो यात्रा सफल नै हुन्छ, तर लामो यात्राबाट हानि हुनसक्छ । झैझगडा र मुद्दामामिलाबाट टाढिनु नै जाति हुन्छ । अप्ठ्यारा र गैरकानुनी काममा हात नहाल्नु होला । आज तपाईका लागि शुभरङ्ग हरियो, शुभअङ्क ३, शुभदिशा पश्चिम, आज कार्य सफलताका लागि ॐ महागणाधिपतये नमः मन्त्र ०८ पटक जप गर्नु शुभ हुनेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – आज तपाईको नोकरी र व्यवसायिक क्षेत्रमा बोलीको प्रतिकूल अर्थ लाग्न सक्छ, होस पुर्याएर बोल्नुहोला । तपाईंसँग चेलीबेटी पक्षले चित्त दुखाउन सक्नेछन। जोस र जाँगरलाई संयम भई प्रयोग गर्नु उत्तम हुनेछ । धातु र गरगहनाको खरिदमा महँगोमा पर्नसक्नु हुन्छ । सचेत रहनुहोला। आज तपाईका लागि शुभरङ्ग सेतो, शुभअङ्क २, शुभदिशा दक्षिण, आज कार्य सफलताका लागि ॐ सिद्धिलक्ष्म्यै नमः मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)– हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित हुनेछ । बढी चञ्चलता र उमङ्ग देखाउनु हानिकारक बन्न सक्छ । मनोरञ्जनात्मक क्रियाकलापले अध्ययन–अध्यापन र पेसारव्यवसायको क्षेत्रमा प्रभाव पार्नेछ । मन उत्सुक र आशावादी बन्नेछ ।साँझ धैर्यता धारण गर्नु राम्रो हुन्छ, पारिवारिक तनाव हुने सम्भावना छ । आज तपाईका लागि शुभरङ्ग गुलाबी, शुभअङ्क १, शुभदिशा पूर्व, आज कार्य सफलताका लागि ॐ अं अङ्गारकाय नमःमन्त्र १० पटक जप गर्नु शुभ हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – अहिलेको समय तपाईंको पक्षमा छैन । ठूला आशा र महत्त्वाकाङ्क्षा त्यागी अघि बढ्नु श्रेयस्कर हुनेछ । तपाईंले आँफूले गरेका प्रयास र उद्यममा निराशा भोग्नुपर्छ । परिवारको कुनै सदस्यको स्वास्थ्यसम्बद्ध चिन्ता हुनसक्छ । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुनेछ। भोगविलास र शृङ्गारिक सामाग्री खरिद गर्न धन खर्च हुनेछ। आज तपाईका लागि शुभरङ्ग बैजनी वा पहेंला, शुभअङ्क ४, शुभदिशा उत्तर। आज कार्य सफलताका लागि ॐ बृं बृहस्पतये नमः १९ पटक जप गर्नु शुभ हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – चिताउँदै नचिताएको कुनै महत्वपूर्ण कार्य सिद्धि हुने छ । विपरीतलिङ्गीसँग विनम्र भावले व्यवहार गर्दा राम्रो हुनेछ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । भाइबहिनी वा सन्ततिका कारण खुसीको वातावरण बन्नसक्छ । धार्मिक तथा आध्यात्मिक गतिविधिमा सहभागी बन्नु पर्नेछ र त्यसबाट प्रशंसित हुने अवसर प्राप्त हुनेछ । आज तपाईका लागि शुभरङ्ग नीलो, शुभअङ्क ३, शुभदिशा पश्चिम, ॐ सूर्यसुताय शनये नमः
मन्त्र २३ पटक जप गर्नु शुभ हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –आम्दानीमा कमी आउने छैन । आत्मविश्वासमा अभिबृद्धि हुनेछ । मातापिता र अभिभावक वर्गसँग राम्रो सम्बन्ध रहने र महत्त्वपूर्ण सल्लाह र सुझाव प्राप्त हुनेछ । कर्मचारीले प्रशंसा पाउने छन । घरायसी काममा दिलचस्पी बढ्ने छ । कर्मसिद्धिको समय छ । आज तपाईका लागि शुभरङ्ग काला,
शुभअङ्क २, शुभदिशा दक्षिण, आज कार्य सफलताका लागि ॐ कुलदेवताभ्यो नमः मन्त्र २३ पटक जप गर्नु शुभ हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – धार्मिकरसांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । पारिवारिक समस्याहरू हल हुनेछन् । घरायसी र दाम्पत्य सम्बन्धमा सुमधुरता आउने छ । पहिले गरेका क्रियाकलापको मूल्याङ्कन र प्रशंसा हुनेछ । रोकिएका काम सुरु गर्ने वातावरण बन्नेछ । आर्थिक पक्षमा टेवा पुग्नेछ । आज तपाईका लागि शुभरङ्ग गाढा पहेंलो, शुभअङ्क ९, शुभदिशा पूर्व, आज कार्य सफलताका लागि ॐ धर्मराजाय नमःमन्त्र १९ पटक जप गर्नु शुभ हुनेछ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – सानातिना घरायसी समस्याहरू देखिए पनि तिनले दैनिकीमा खास फरक पार्ने स्थिति छैन । जीवनसाथीसित वैचारिक मतभेद हुनसक्छ, तर अन्त्यमा मेलमिलापको वातावरण बन्नेछ । लामो समयदेखि गर्न नभ्याएका आवश्यक काम पुनः थालनी गर्न आज अनुकूल समय छ । मनमा कताकता चिन्ता र शङ्का सिर्जना भए पनि आज उत्साहमा कमी हुन दिनुहुँदैन । आज तपाईका लागि शुभरङ्ग नीलो, शुभअङ्क ८, शुभदिशा उत्तर, आज कार्य सफलताका लागि ॐ मृत्युञ्जयाय नमः मन्त्र १० पटक जप गर्नु शुभ हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –लामोसमयदेखि देखिएका उल्झन सुल्झाउने महत्वपूर्र्ण दिन हो, आज । पेसा वा व्यवसायका असजिला पक्षको निराकरणका लागि गरिएको प्रयास सफल हुनसक्छ । तर्कवितर्क, वादविवाद, छलफल र पढाइलेखाइका क्षेत्रमा सक्रिय भइने छ । दिन भाग्यशाली भएर देखा पर्नेछ । आज तपाईका लागि शुभरङ्ग हलुका रातो, शुभअङ्क ७, शुभदिशा पश्चिम, आज कार्य सफलताका लागि ॐ कामदेवाय नमः मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –बिहान ज्ञानगुनका क्षेत्रमा मन आकर्षित भएपनि दिउँसोबाट समय अलि धमिलिएको महसुस हुनेछ । काम गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न उपलब्धीहरू हासिल हुनेछन। कुनै झैझगडा, विवाद वा तर्कवितर्कमा सरिक भई निर्णय दिन बाध्य हुनु पर्नेछ । खर्चको मात्रा बढ्न सक्छ । आज तपाईका लागि शुभरङ्ग सेतो, शुभअङ्क ६, शुभदिशा दक्षिण आज कार्य सफलताका लागि ॐ धन्वन्तरीदेवाय नमः मन्त्र ०८ पटक जप गर्नु शुभ हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – एकाबिहानै केही महत्वपूर्ण घरायसी काममा समय व्यतीत गर्नु पर्नेछ, जसबाट भविष्यमा राम्रो फाइदा पुग्नेछ । दिउँसोबाट ज्ञानगुन र दार्शनिक विषयमा आकर्षित भइने छ, कल्पना र भावुकतालाई व्यवहारमा उतार्न आजको दिन अनुकूल हुनेछ । आत्मबलमा अझ बृद्धि हुनाले सन्तुष्टि प्राप्त हुनेछ । आज तपाईका लागि शुभरङ्ग आकासे, शुभअङ्क ९, शुभदिशा पूर्व आज कार्य सफलताका लागि ॐ वाग्देव्यै नमः मन्त्र ०७ पटक जप गर्नु शुभ हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)– अनावश्यक दौडधुप गर्नु पर्नेछ, काममा किसिमकिसिमका चुनौती देखा पर्नेछन, नयाँ काममा हात हाल्नु राम्रो हुँदैन । खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ । शरीरमा आलस्य जाग्नेछ । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनसक्छ । तपाईंले चिताएको काममा अप्ठ्यारा र चुनौतीको सामना गर्नुपर्छ । आज तपाईका लागि शुभरङ्ग कलेजी, शुभअङ्क ४, शुभदिशा उत्तर आज कार्य सफलताका लागि ॐ अष्टमातृकाभ्यो नमः मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ।