अमेरिकामा नेपाली मूलका बैज्ञानिक डा झा ‘सर्वोच्च आविष्कारक २०१९ पुरस्कारबाट सम्मानित

विजय थापा ,डिसी । नेपाल जनकपुर धनुषा देवदिहा घर भै हाल अमेरिकामा बसोबास गर्दै आएका वरिष्ठ अनुसन्धानकर्ता बैज्ञानिक डा सतिश चन्द्र झा ‘सर्वोच्च आविष्कारक २०१९ पुरस्कारबाट सम्मानित भएका छन् ।

उनि इन्टेल सँस्थामा आबद्ध छन् भने उनलाई इन्टेल कर्पोरेसन(सँस्था)ले सम्मान गरेको हो । उनलाई उक्त पुरस्कार इन्टेलका प्रमुख कार्यकारी अधिकारी (सिईओ) बब स्वानले टप इन्भेन्टर २०१९ अवार्ड अर्थात् सर्वोच्च आविष्कारक २०१९ पुरस्कारबाट सम्मान गरेका हुन् ।

यो पुरस्कार शीर्ष अन्वेषकहरूलाई दिइन्छ जसको योगदान / आविष्कारहरूले नयाँ र उदाउदो प्रविधिहरूको विकासमा ठूलो प्रभाव पार्दछ । डा झा वायरलेस संचार संजाल (बेतार नेटवर्क)र टेक्नोलोजी(प्रविधि)को क्षेत्र भित्र विश्व स्तरका अन्वेषक र समस्या समाधानकर्ता हुन्।

यी क्षेत्रहरू बीच-पहिले कहिल्यै समाधान नभएका समस्याहरू समाधान गर्ने उनको विशिष्ट र अतुलनीय दृष्टिकोण महत्वपूर्ण छ , जुन ११० भन्दा बढी आविष्कारहरू अमेरिकाको प्याटेन्ट(एकस्व अधिकार)को रूपमा दायर / स्वीकृत भएका छन् ।
.
उनको असाधारण अनुसन्धानको परिणामस्वरूप नवीन र अग्रणी प्रविधिहरू छन् जुन वायरलेस (बेतार )अंतर्जाल (इन्टर्नेट )प्रयोगकर्ताहरूको वर्तमान अनुभव र वायरलेस नेटवर्क(बेतार संजाल )को भावी पीढीमा प्रयोगकर्ताको अनुभवमा उल्लेखनीय बृद्धिको लागि उपयोग गर्न सकिन्छ ।
.
सन् २००४ मा डा झाले त्रिभुवन बिश्व बिद्यालयबाट बिई( अभियन्त्रणामा स्नातक )गरेका हुन् भने उनले सन् २००७ मा एआइटी थाईल्याण्डबाट अभियन्त्रणा(ईञ्जिनियरिङ्ग )मा स्नातकोत्तर गरेका हुन् ।

सन् २००७ मा फ्रान्सबाट संचार अंतर्जाल तथा सेवामा एमएससी (बिज्ञानमा स्नातकोत्तर)गरेका छन् । यसको साथै सन् २०१३मा क्यानडाको ब्रिटिश कोलम्बिया बिश्व बिद्यालयबाट ईसिईमा विधावारिधि (पिएचडी )गरेका छन् ।

हाल उनि वरिष्ठ अनुसन्धान बैज्ञानिकको रुपमा अमेरिकाको बिश्व प्रसिद्ध इन्टेल कर्पोरेसनको इन्टेल ल्याबमा कार्यरत छन् । उनि ५ जि/६जि सेलुलर मोबाइल(भ्रमण ध्वनि )को अनुसन्धान लगायत अन्य महत्वपूर्ण अनुसन्धानमा संलग्न छन् । उनले यसको अतिरिक्त फ्रेन्च क्षेत्रीय कर्पोरेसन फेलोशिप २००७ ,थाइल्यान्डमा दि आओयागी पुरस्कार द्वारा सबै भन्दा उत्कृष्ट शैक्षिक प्रदर्शन पुरस्कार बाट सम्मानित भएका छन् ।

सन् २००५ मा थाईल्याण्डका राजा द्वारा राखिएको एसियाको लागि शैक्षिक छात्रवृति प्राप्त गर्नुको साथै सन् २००७ मा नेपालका राष्ट्रपति द्वारा नेपाल बिद्याभुषण प्राप्त गरेका छन् ।

अमेरिकामा स्थापित मधेशी एसोसिएसन इन अमेरिका(एमएए -maa )ले छापा बिज्ञप्ति जारी गर्दै सम्मानित हुनु हुने बैज्ञानिक डा सतिश चन्द्र झा लाई बधाई दिएको छ ।