आजको राशिफल बि.सं. २०७६ साल कार्तिक २९ गते शुक्रबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)सम्पर्क नं +९७७– ९८४२२१९७३५ आजको राशिफल

आजको राशिफल बि.सं. २०७६ साल कार्तिक २९ गते शुक्रबार ई. सं. २०१९ नोभेम्बर १५ आज मिति वि.सं. २०७६ कार्तिक २९ गते शुक्रबार ई. सं. २०१९ नोभेम्बर १५ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, मार्गशिर्ष कृष्णपक्ष तृतीया तिथि, मृगाशिरा नक्षत्र, चन्द्रमा मध्यान्ह ११ बजेर ४८ मिनेट सम्म बृष राशिमा र त्यसपछि मिथुन राशिमा गोचर गर्नेछन। सिद्धि योग, वणीज करण चन्द्रवर्ण सेतो, चन्द्रदिशा दक्षिण। नेपालमा, सूर्योदय बिहान ०६ः२५ बजे, सूर्यास्त साँझ ०५ः१० बजे हुनेछ। आजको पर्व तथा मुहूर्त– अन्नप्राशन वच्चाको पास्नी का लागि मुहूर्त जुरेको दिन छ। आज जन्म लिने बच्चाको राशि मध्यान्ह ११ बजेर ४८ मिनेट सम्म बृष राशि र त्यसपछि मिथुन राशि हुन्छ। आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ। यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्र ईत्यादीमा पनि समय अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–आज तपाईको मिश्रित दिन छ । वित्तीय क्षेत्र र व्यापारिक लगानीका सानातिना फुटकर कामका लागि राम्रो समय छ । तर दूरगामी प्रभावको आर्थिक प्रयोजनका लागि अहिलेको समय सकारात्मक देखिंदैन । दैनिक आम्दानीका मार्गमा बृद्धि हुनेछ, तर मानप्रतिष्ठा मा आँच आउने सम्भावना छ । विद्यार्थीहरूको घुमघाम र भेटघाटका लागि मन लालायित हुनेछ। व्यापारीहरूका लागि केही हदमा राम्रो छ । सामाजिक काममा जस र सम्मान पाउन कठिन छ । आज तपाईका लागि शुभरङ्ग घिउ रङ, शुभअङ्क २, शुभदिशा दक्षिण, आज कार्य सफलताका लागि ॐ महालक्ष्म्यै नमः मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –आज तपाईको व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन। खानपिनका परिकार प्राप्त हुने र भ्रमण, रमझम तथा सामाजिक काममा सहभागी हुनु पर्नेछ । गृहिणीहरूको धार्मिक र सामाजिक काममा मन जान सक्छ । घरपरिवारबाट साथसहयोग प्राप्त हुनेछ । कामदारहरूलाई कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन। छात्रछात्राले मन दोधार नबनाउनु होला, नत्र तपाईंले लक्ष्यलाई पूर्ण उपयोग गर्न सक्नुहुन्न । व्यवसायिक क्षेत्रबाट पनि लाभ मिल्ने योग छ । आज तपाईका लागि शुभरङ्ग सिन्दूरे रातो, शुभअङ्क ९, शुभदिशा पूर्व, आज कार्य सफलताका लागि ॐ हं हनुमते नमः मन्त्र १० पटक जप गर्नु शुभ हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –यात्राका लागि आजको दिन शुभ रहेकोछ । बिहान पख सानातिना सरसामान हराउन सक्ने वा चोरी हुने सम्भावना छ, सचेतता अपनाउनु राम्रो हुन्छ । विद्यार्थीले प्रसन्नता र खुसीको समाचार पाउन सक्छन। गृहिणीहरूलाई परोपकारका क्षेत्रमा काम गर्न मन लाग्नेछ । रकमको कारोबार र लेनदेनमा विवाद आउने सम्भावना छ, यद्यपि आज आर्थिक समस्या हल गर्ने उपाय देखा पर्नेछ । जुवातास र सट्टाबाजीबाट जोगिनु आवश्यक देखिन्छ । आज तपाईका लागि शुभरङ्ग सेतो वा बैजनी, शुभअङ्क ४, शुभदिशा उत्तर। आज कार्य सफलतका लागि ॐ चित्रगुप्ताय नमः मन्त्र १९ पटक जप गर्नु शुभ हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –आज तपाईको मन फुरुङ्ग हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । कलकारखाना र व्यापारमा फाइदा हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । धार्मिकरसांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । नोकरी गर्नेले मानसम्मान पाउने छन । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । छात्रछात्राले पठनपाठन र प्राज्ञिक क्षेत्रमा राम्रो उन्नति गर्नसक्ने समय छ । विश्वासको वातावरण बन्नेछ । मध्यान्ह देखिको समय भने बढि दौडधुप र खर्च बढ्न सक्ने देखिन्छ। आज तपाईका लागि शुभरङ्ग कालो, शुभअङ्क ३, शुभदिशा पश्चिम। आज कार्य सफलताका लागि ॐ सरस्वत्यै नमः मन्त्र २३ पटक जप गर्नु शुभ हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –आज तपाईकोे धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । व्यवसायिक क्षेत्रमा सकारात्मक समय छ। आम्दानीमा कमी आउने छैन । गृहिणीहरूका लागि पारिवारिक जीवनमा असमझदारी बढ्ने वा समय दिन नसकिने समय छ । गुरुजन र ठूलाबडासँगको सम्बन्धमा चिसोपन बढ्न सक्छ । पैतृक सम्पत्ति र अचल सम्पत्तिमा विवाद हुनसक्छ । पारिवारिक चाप बढ्नाले काममा बाधा पुग्नसक्छ । आज नयाँ पेसा र व्यापारमा लगानी नगर्नु राम्रो हुन्छ । आज तपाईका लागि शुभरङ्ग ध्वाँसे, शुभअङ्क ६, शुभदिशा दक्षिण, आज कार्य सफलताका लागि ॐ भूमिदेव्यै नमः मन्त्र २३ पटक जप गर्नु शुभ हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –आजको तपाईका लागि शुभ रहेको छ। अध्यात्म र दर्शनप्रति मन आकर्षित बन्न सक्छ । सामाजिक र परोपकारी विचार आउन सक्छन। त्यस्तै प्रेम र भाइचारा जीवन्त तुल्याउने अवसर प्राप्त हुनेछ । मातापिता, अभिभावक र मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । गृहिणीहरूले परिवारभित्रै वा छरछिमेकमा सम्पन्न हुने धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुने अवस्था आउनेछ । सार्वजनिक हीत र परोपकारका क्षेत्रमा सक्रियता बढ्ने छ । दाजुभाइ को सद्भाव र सहयोग प्राप्त हुनेछ । आज तपाईका लागि शुभरङ्ग पहेंलो, शुभअङ्क ५, शुभदिशा पूर्व, आज कार्य सफलतका लागि ॐ गुरवे नमः मन्त्र १९ पटक जप गर्नु शुभ हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –आज तपाईको चुनौतीहरु पन्छाउँदै अगाडी बढ्ने दिन छ। समयमा कुनै काम नगरेमा वा अवसरलाई चिन्न नसक्दा पछुतो हुनसक्छ । शुभ कर्म बाट धर्म र भाग्यबलमा अभिबृद्धि हुनेछ । स्वास्थ्य पक्षमा देखिएको कमजोरी हट्दै जानेछ ।सानातिना घरायसी कामहरूमा समय व्यतीत हुनेछ । तपाईंका बानीब्यहोरा र आन्तरिक क्रियाकलाप अरुका लागि प्रेरणाको स्रोत बन्न सक्छ । काममा ढिलासुस्ती भए पनि चिताएको परिणाम प्राप्त हुने योग छ । आज बाटो काट्दा वा गाडी हाँक्दा लापरबाही नगर्नु होला । आज तपाईका लागि शुभरङ्ग कालो, शुभअङ्क ८, शुभदिशा उत्तर, आज कार्य सफलताका लागि ॐ कालभैरवाय नमः मन्त्र १० पटक जप गर्नु शुभ हुनेछ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –आर्थीक दृष्टि बाट सकारात्मक भएपनि घरायसी मामिला र प्रेमसम्बन्धका दृष्टिले कमजोर दिन छ । पारिवारिक जीवनमा निरसता आउने सम्भावना छ, त्यसैले परिवारजनका भावनालाई समेटेर अघि बढ्नु र प्रेमजीवनलाई सन्तुलनमा राख्ने प्रयास गर्नु राम्रो हुनेछ । कर्मचारी र कामदारले मानप्रतिष्ठा र उन्नतिरप्रगतिका लागि दौडधूप गर्नुपर्नेछ । अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले सोचेका काममा सफलता मिल्नेछ । छात्रछात्राका लागि मनोरञ्जन र खेलवाडले पढाईमा प्रभाव पार्नसक्छ । आज तपाईका लागि शुभरङ्ग गुलाबी वा सिन्दूरे, शुभअङ्क ७, शुभदिशा पश्चिम, आज कार्य सफलतका लागि ॐ गृहलक्ष्म्यै नमः मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–तपाईको आजको दिन चुनौती र परीक्षणका रूपमा देखा परेको छ । झैझगडा र वादविवादमा फँस्नु राम्रो हुँदैन, दैनिक काममा चुनौतीको सामना गर्नुपर्न सक्ने देखिन्छ। आफन्त र मित्रवर्गको सहयोग पाइने समय छ । व्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । रमाइलो यात्राको सम्भावना समेत छ । विद्यार्थीको मनमा वैदेशिक प्रयोजनको वा लामो दूरीको यात्राको सोच पलाउन सक्छ । घरायसी र प्रेमसम्बन्धमा देखिएका तनाव र समस्याको अन्त्य हुन सक्नेछ। आज तपाईका लागि शुभरङ्ग हलुका सेतो, शुभअङ्क ६, शुभदिशा दक्षिण, आज कार्य सफलताका लागि ॐ रां राहवे नमः मन्त्र ८ पटक जप गर्नु शुभ हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –आज बालबच्चाका लागि लगानी बढ्न सक्छ । विद्यार्र्थीहरूलाई जानकार व्यक्ति वा गुरुजनले सहयोग गर्नाले आत्मबल बढ्ने छ । पठनपाठन र चिन्तनमननमा ध्यान केन्द्रित हुनसक्छ । शैक्षिक, प्राज्ञिक र चिन्तनमूलक क्रियाकलापमा ध्यान दिने समय आएको छ, व्यवहारिक कारणले दिउँसोसम्म समय निकाल्न गाह्रो भए पनि दिन ढल्दै जाँदा समय अनुकूल हुँदै जानेछ । पारिवारिक सहयोग र सद्भावमा कमी आए पनि आफैंले गरेको निर्णय फलदायी हुनेछ । आज आफ्नो वाणीमा संयमता अपनाउनु शुभ हुनेछ। आज तपाईका लागि शुभरङ्ग हलुका नीलो वा हरियो, शुभअङ्क १, शुभदिशा पूर्व, आज कार्य सफलताका लागि ॐ सरस्वत्यै नमः ०७ पटक जप गर्नु शुभ हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – आज प्रयासका बावजुद केहि ढिलो गरि सफलता पाउन सकिने छ । गृहिणीहरूले घरगृहस्थीमा धेरै समय खर्चनु पर्नेछ । वैदेशिक रोजगारी गर्नेहरूले आज घरायसी कुरा सम्झेर दिन बिताउने छन । परिवारका सदस्यहरूको स्वास्थ्यमा आकस्मिक ढंगले समस्या आउनसक्छ । छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ । त्यस्तै पुरानो लेनदेन र ऋणकारोवारका कारण चिन्ता बढ्ने दिन छ, डुबेको धन उकास्न दौडधूप गर्नुपर्छ । घरमा परपाहुनाको आगमन हुने सम्भावना समेत छ । आज तपाईका लागि शुभरङ्ग रातो, शुभअङ्क ४, शुभदिशा उत्तर। आज कार्य सफलताका लागि ॐ नमश्चण्डिकायैनम मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –आज तपाईलाई समाजका सम्मानित व्यक्तिहरूको साथ सहयोग प्राप्त हुनेछ । परोपकारी काम र समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ । त्यस्तै गृहिणीहरूका लागि सामाजिक र सांस्कृतिक क्रियाकलापमा संलग्न हुन मन लाग्ने समय छ । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । दाजुभाइको सहयोग लिनरदिन सकिने छ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहने छ । आम्दानीमा कमी आउने छैन । अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ । लामो दूरीको लाभदायक यात्राको सम्भावना छ ।आज तपाईका लागि शुभरङ्ग गाढा नीलो, शुभअङ्क ३, शुभदिशा पश्चिम, आज कार्य सफलताका लागि ॐ सिद्धिविनायकाय नमः मन्त्र ०८ पटक जप गर्नु शुभ हुनेछ।