आजको राशिफल – कार्तिक २८ गते बिहिबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशफल कार्तिक २८ गते बिहिबार ई. सं. २०१९ नोभेम्बर १४ तारिख
आज मिति वि.सं. २०७६ कार्तिक २८ गते बिहिबार ई. सं. २०१९ नोभेम्बर १४ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, मार्गशिर्ष कृष्णपक्ष द्धितीया तिथि, रोहिणी नक्षत्र, चन्द्रमा बृष राशिमा, परिघ योग, तैतिल करण चन्द्रवर्ण सेतो, चन्द्रदिशा दक्षिण। नेपालमा, सूर्योदय बिहान ०६ः२४ बजे, सूर्यास्त साँझ ०५ः१० बजे हुनेछ। आजको पर्व तथा मुहूर्त– विश्व मधुमेह दिवस, अन्नप्राशन वच्चाको पास्नी, नयाँ घरको शुरुवात गर्न वा जग राख्न र अग्निवास होमादीकार्य जुरेको दिन छ। आज जन्म लिने बच्चाको राशि वृष हुन्छ। आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ। यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्र ईत्यादीमा पनि समय अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – दिन मध्यमखालको छ । आर्थिक रूपमा सकारात्मक दिन छ। सामाजिक र व्यक्तिगत प्रतिष्ठा प्राप्त गर्न खट्नु पर्ने दिन छ । व्यापार, व्यवसायबाट लाभ मिल्नेछ । छरछिमेकी वा इष्टमित्रको जिम्मेबारी वहन गर्नु पर्नेछ । प्राविधिक कारणले आएका समस्या निराकरण गर्न धेरै समय खर्चनु पर्नेछ । आत्मबलमा कमी देखिने छ । पठनपाठनमा समय दिन सकिने छैन । पारिवारिक तनावका कारण दिक्क लाग्न सक्छ । आज तपाईका लागि शुभरङ्ग घिउ रङ, शुभअङ्क २, शुभदिशा दक्षिण। आज कार्य सफलताका लागि ॐ महालक्ष्म्यै नमः मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आज तपाईको नयाँ जोस र जाँगर पलाउने छ । सहयोगीहरूको साथ प्राप्त हुनेछ । बोलीको भरमा काम बन्ने योग छ । तपाईको विचार र दर्शन बाट धेरै प्रभावित हुनेछन। आत्मनिर्णयको क्षमतामा बृद्धि हुनेछ । अन्न फलफूल आदि कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने योग छ । नोकरी र व्यापारबाट सन्तोष लिन सकिने छ । उपहार पुरस्कार आदि मिल्नेछ । पेसा व्यवसायमा उन्नति हुनेछ । नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने शुरुवातका लागि अनुकूल समय आएको छ। आज तपाईका लागि शुभरङ्ग सिन्दूरे रातो, शुभअङ्क ९, शुभदिशा पूर्व, आज कार्य सफलताका लागि ॐ हं हनुमते नमः मन्त्र १० पटक जप गर्नु शुभ हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) मनमा उदासीनता आउने छ । आम्दानीको बाटो असहज बन्नसक्छ। श्रममूलक काम र कृषि तथा पशुपालनका क्षेत्रमा लाभ हुनेछैन । दैनिकीमा खर्च बढ्ने छ । विश्वास गरेका व्यक्तिबाट नै धोका हुने सम्भावना छ । घरपरिवार वा छरछिमेकीका सानातिना जिम्मेबारी आइलाग्न सक्छन तर शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । सक्दैन र पारिवारिक समस्याले पनि मन खिन्न हुनेछ । दीर्घकालीन लगानी गर्नु उपयुक्त देखिंदैन । आज तपाईका लागि शुभरङ्ग सेतो वा बैजनी, शुभअङ्क ४, शुभदिशा उत्तर, आज कार्य सफलताका लागि ॐ कुल देवताभ्यो नमः मन्त्र १९ पटक जप गर्नु शुभ हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – आज तपाईको पठनपाठनमा प्रगति हुनेछ । पछाडि कुरा काट्ने बिरोधी आफैं पराजित हुनेछन । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । प्रशासनिक र राज्यपक्षबाट रोकिएका काम सम्पन्न गर्न अनुकूल हुनेछ मिष्ठान्न भोजन प्राप्त हुनेछ । बोलीको कदर हुनेछ । गरेका क्रियाकलापको उच्च मूल्याङ्कन हुने समय छ । पुराना इष्टमित्र र प्रेमीरप्रेमिकाको मिलन हुनसक्छ । आज तपाईका लागि शुभरङ्ग कालो, शुभअङ्क ३, शुभदिशा पश्चिम आज कार्य सफलताका लागि ॐ बगलामुखीदेव्यै नमः मन्त्र २३ पटक जप गर्नु शुभ हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – मिहिनेत र दौडधूप गरेको काममा सफलता प्राप्त भई छाड्ने छ । सामाजिक कार्यभार बहन गर्नु पर्नेछ । खानपानको समयमा उतारचढाव पर्नसक्छ । जग्गाजमिनको कारोबारबाटे फाइदा हुनेछ । नयाँ काममा लगानी बढाउन भने अनुकूल छैन । सामान्यतया आम्दानीका क्षेत्रमा मिहिनेत गरेअनुरूप फाइदा हुनेछ । तर आयको अनुपातमा खर्चको मात्रा बढ्ने देखिन्छ । आज तपाईका लागि शुभरङ्ग ध्वाँसे, शुभअङ्क ६, शुभदिशा दक्षिण। आज कार्य सफलताका लागि ॐ देव्यै नमः मन्त्र २३ पटक जप गर्नु शुभ हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – घरमा अतिथिको आगमन हुनसक्छ । पुराना कुरा र यादमा आजको समय बित्नसक्छ । मान्यजन र अभिभावक वर्गको सहयोगमा रोकिएका काम सम्पन्न गर्न सघाउ पुग्नेछ । आत्मविश्वास र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । नयाँ ठाउँमा धन लगानी गर्ने वातावरण बन्नेछ । बन्दव्यापारबाट फाइदा हुनेछ । कुनै लाभदायक समाचार सुन्न पाइने छ । आफन्त वा साथीभाइले निस्वार्थ भावले सहयोग गर्नेछन। शरीरमा उत्साह र उमङ्गको उदय हुनेछ ।सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । आज तपाईका लागि शुभरङ्ग सेतो वा पहेंलो, शुभअङ्क ५, शुभदिशा पूर्व, आज कार्य सफलताका लागि ॐ गुरवे नमः मन्त्र १९ पटक जप गर्नु शुभ हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – आज तपाईका लागि केहि प्रतिकूल एवं विपरीत परिस्थिति छ। महत्वपूर्ण कार्य थाँती राखि भोगविलासमा भुलिनु राम्रो हुँदैन । तर पनि धन र भाग्यबलमा बढोत्तरी हुने छ । तपाईंको विचार र दृष्टिकोणको सबैतिर प्रशंसा हुनेछ । आमरूपमा शरीर स्वस्थ रहने छ । चोटपटकको सम्भावना छ, बाटो काट्दा वा गाडी गुडाउँदा सचेतता अपनाउनु राम्रो हुन्छ । गोप्य योजना सफल हुन सक्छन। घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुनेछ । आज तपाईका लागि शुभरङ्ग कालो, शुभअङ्क ८, शुभदिशा उत्तर, आज कार्य सफलताका लागि ॐ कालभैरवाय नमः मन्त्र १० पटक जप गर्नु शुभ हुनेछ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –आज तपाईको आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । रमाईलो चाहना पूर्ण हुने योग छ । दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ । बालबच्चाबाट सुखसन्तोष प्राप्त हुनेछ । मनोरञ्जनमा रमाउन पाउनु हुनेछ । रमाइलो यात्रा हुनसक्छ । साझेदारीमा गरिने कामको थालनी गर्न उत्तम समय छ । आर्थिक पक्ष सबल देखिन्छ । मित्रवर्गबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ । पेसा व्यवसाय बाट लाभ मिल्नेछ । आज तपाईका लागि शुभरङ्ग गुलाबी वा सिन्दूरे, शुभअङ्क ७, शुभदिशा पश्चिम। आज कार्य सफलताका लागि ॐ इन्द्राण्यै नमः मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – आज तपाईको केहि चुनौतीपूर्ण दिन भएपनि आफ्नो क्षमता प्रदर्शन गर्ने दिन हो । आज गरिएका काममा सफलता प्राप्त हुनेछ । घरपरिवार र साथीभाइको राम्रो साथसहयोग प्राप्त हुनेछ । जीवनसँगीसित रहेको वैचारिक मतभिन्नताको समाप्ति हुनेछ । मानसिक रूपमा सबल भइने छ, उत्साहमा बृद्धि हुनेछ । स्वास्थ्यमा देखापरेका समस्या निराकरण हुनेछन। विरोधिले तपाईंको छवि बिगार्ने प्रयास गरे पनि तिनको क्रियाकलापले उल्टै उनीहरूकै हानि हुनेछ । व्यवसायिक स्थितिमा सुधार आउने छ । आज तपाईका लागि शुभरङ्ग हलुका सेतो, शुभअङ्क ६, शुभदिशा दक्षिण, आज कार्य सफलताका लागि ॐ रां राहवे नमः मन्त्र ०८ पटक जप गर्नु शुभ हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) तपाईका लागि आजको दिन ज्ञान र सिप बाँडेर जस लिने समय हो । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन। मुखमा सरस्वतीको वास हुनेछ । साहित्यिक, बौद्धिक तथा प्राज्ञिक गतिविधिमा संलग्न हुने समय छ । बौद्धिक क्षमताको प्रस्फुटन हुनाले सृजनात्मक सफलता मिल्नेछ । स्वास्थ्य सबल रहने छ । भोगविलासमा मन जानेछ । आफन्तबाट सहयोग र हौसला प्राप्त हुने छ । व्यवसायका लागि काम गर्ने राम्रो वातावरण बन्नेछ । आज तपाईका लागि शुभरङ्ग हलुका नीलो वा हरियो, शुभअङ्क १, शुभदिशा पूर्व, आज कार्यसफलताका लागि ॐ सरस्वत्यै नमः मन्त्र ०७ पटक जप गर्नु शुभ हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)– आजको दिन तपाईको सुरुमा केहि तनाव भए पनि समग्रमा रमाइलोमा दिन बित्नेछ, मनमा देखिने अस्थिरता र अधैर्यतालाई त्यागेर हिम्मतका साथमा अघि बढ्ने आत्मबल प्राप्त हुनेछ । व्यवसाय र कामधन्दामा सफलता प्राप्त हुनेछ । मित्रवर्ग र आफन्तहरूले सक्दो सहयोग गर्नेछन। मान्यजनको सुझावबमोजिम व्यवहार गर्नसकेमा फाइदा हुनेछ । घरायसी वातावरणमा सुधार आउने छ । मानसिक रूपमा सबल भइने छ । साथीभाइ र सहयोगीहरूले भरपूर सहयोग गर्नेछन। आज तपाईका लागि शुभरङ्ग रातो वा पहेंलो, शुभअङ्क ४, शुभदिशा उत्तर, आज कार्य सफलताका लागि ॐ नमश्चण्डिकायै नम मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – आज तपाईको पराक्रम प्रदर्शन गरी प्रतिष्ठा प्राप्त गर्ने समय हो । परोपकारी कामबाट प्रशंसा प्राप्त हुनेछ । दिनदुःखीलाई दिएको सानो सहयोगले रोकिएको काम बन्न सक्छ । देवालय, मठमन्दिर वा सार्वजनिक प्रतिष्ठानको दर्शन, भ्रमण वा अवलोकन गर्दा शान्तिको अनुभूति प्राप्त हुनेछ । धार्मिक र सामाजिक काममा समय बित्नेछ । स्वास्थ्य सबल छ । व्यापार र रोजगारीका क्षेत्रमा फाइदा छ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्ने योग छ । पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । आज तपाईका लागि शुभरङ्ग गाढा नीलो, शुभअङ्क ३, शुभदिशा पश्चिम, आज कार्य सफलताका लागि ॐ सिद्धिविनायकाय नमः मन्त्र ०८ पटक जप गर्नु शुभ हुनेछ ।