भारतसंगको सीमा बिबाद अब निर्णायक बनाइनै पर्छ

खरबौं खर्च गरेर बनाइएको नक्कली कपिलवस्तु मार्फत वुद्धको जन्मस्थल बिषयमा शक्तिका भरमा विस्वब्यापी दिग्भ्रम सिर्जना गर्ने भारत अहिले नक्कली काली नदी सिर्जना गरेर लिपुलेकलाई आफ्नो राजनीतिक नक्सामा समाबेस गरी सार्बजनिक गरेर नक्कलीको कामको लागि पर्यायबाची बन्न पुगेको छ ।

दुई तिहाइको स्थिर सरकार देशको संबृद्धिको नाराका साथ अगाडि बढिराखेको बेलामा बारंबारका यस्ता हेपाहा प्रबृति पुन: नयाँ ढंगले यसरी देखिंदा सर्ब दलिय भेला भएर राष्ट्रियताको मुद्धामा एकजुट भएकोले पुन: यस्ता समस्या उठनै नसक्ने गरी सदाका लागि बन्द गर्न बर्तमान सरकार चुक्नै हुँदैन, किनकि देशले यस्तो अबसर पुन: पाउँछ पाउँदैन ठेगाना छैन ।

रामकुमार श्रेष्ठ

[अहिलेको चर्चाको शिखरमा रहेको लिपुलेकका बिषयमा लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठद्धारा आफ्नो फेसबुक पेजमा राख्नु भएको सामग्री पठनिय भएकोले सबैको जानकारीको लागि प्रकाशित गरिएको हो – सं]

खरबौं खर्च गरेर बनाइएको नक्कली कपिलवस्तु मार्फत वुद्धको जन्मस्थल बिषयमा शक्तिका भरमा विस्वब्यापी दिग्भ्रम सिर्जना गर्न तल्लिन हेपाहा स्वभाबको भारत आफ्नो यही स्वभाबका कारण सबै छिमेकी देशसंग तितो सम्बन्ध कायम गरिराखेकोमा हाल लिपियाधुरीबाट निस्कने कुटी नदीलाई काली नदी भन्दै नक्कली काली नदी सिर्जना गरेर लिपुलेकलाई आफ्नो राजनीतिक नक्सामा समाबेस गरी सार्बजनिक गरेपछि नेपाल-भारत सम्बन्धको तिक्तताले नयाँ उचाइ लिएको छ । बारंबारको हेपाहा स्वभाबका कारण नेपाल भारतद्धारा पीडित हुन परिराखेको छ । बिध्वंसकारी भूकम्पको शिकार बनेको बेलामा मानवीय संवेदना दर्शाउनुको सट्टा नाकाबन्दी लगाएर दु:ख दिन समेत पछि नपरेको भारतको बिरुद्ध राष्ट्रसंघ र यूरोपियन युनियनमा समेत आवाज उठ्यो । भारतद्धारा हाल प्रकाशमा ल्याएको नक्साका बिरुद्ध ढिला गरी नेपाल सरकारको बिबादास्पद र हास्यास्पद बिज्ञप्ति आयो । स्वत: स्फूर्त रुपमा तत्कालै सबै पार्टीको बिरोध नदेखिए तापनि जन बिरोधको प्रकृतिका कारण नै भने पनि पहिलो पटक सर्बदलिय बैठक बसी राष्ट्रियताको यो मुद्धामा सबै एकै ठाउँमा आएकोलाई नेपाली जनताले सदुपयोग गरी भारतसंगको सीमा बिबाद अब निर्णायक बनाउनतिर लाग्नुपर्छ ।

दार्चुला जिल्लाको व्यास गाविसमा पर्ने विवादित लिपुलेकको जनगणना विसं. २०१८ सालमा गर्ने बरिष्ठ पत्रकार भैरव रिसाल अझै ज्युँदै छँदाछँदै त्यो भूमिलाई हालै भारतले आफ्नो नयाँ नक्सामा अन्तराष्ट्रिय नियम बिपरीत एकपक्षीय तवरले समेटनु यो एक्काइसौं शताब्दीको लागि बिल्कुलै अशोभनिय र हास्यास्पद काम हो ।

सिङ्गो महाकाली पारीको जनगणना भैरब रिसालले गराए । त्यो बेला लिम्पियाधुरा विवादित क्षेत्रमा नावी, गज्र्याङ, गोविजी लगायतका विभिन्न नाम छन् र ती सवै क्षेत्रको जनगणना उनैले गराएका हुन । अत: लिपुलेक निर्विवाद हो र लिम्पियाधुरा क्षेत्रभित्रै पर्छ । अहिले व्यास गाविसमा पर्ने उक्त क्षेत्र त्यो पञ्चायत कालमा बैतडी जिल्लाको गाउँ मात्रै थियो ।

वास्तविक उद्गमलाई तल झारेर मानवनिर्मित उद्गम सिर्जना गरी उनीहरूले एकतर्फी देखाइएको नक्सा नै अहिलेको समस्या हो । अहिले आएर कालापानी मुद्दा फेरि उठेको हो । त्यो कालापानीमा यिनीहरूले सन् १८१६ को सन्धि नदी सीमालाई भ्रममा पार्न अहिले मानवनिर्मित मुहानबाट खोला निकालेर कालापानीमा मिसाएर त्यसलाई कालापानी सीमा मानिदियो । कालापानीमा अस्थायी कृत्रिम रूपको पानी जम्मा गरेर यो पानीलाई माथि लिपुबाट आउने नदीमा जोडिदिएर त्यो नै सीमा हो भनेर देखाएका हुन् । जब कि १८१६ सन्धि महाकाली भन्दाभन्दै नदीको सीमाबाट जमिनको सीमा भएको हो । तर त्यो भन्दा माथि भारतीय कब्जा गरेर बसेका छन् ।

नेपालका २६ जिल्ला भारतसंग सीमाना जोडिएकामध्येका २३ जिल्लाको ७१ ठाउँमा करीब ६०,६६२ हेक्टर जमिन भारतद्धारा अतिक्रमण गरिएको छ । बर्तमान प्रधानमंत्री केपी वलीकै गृह जिल्ला झापाकै महेशपुर, पाठामारी गाउँहरु अतिक्रमणमा परेका छन । नेपाली भएर सुतेको नेपाली उठ्दा कुन बेला भारती भएर उठनु पर्ने हो ठेगान छैन ।

हामी यस्ता संबेदनशिल काममा यसरी लागिराख्दा हाम्रा प्रयासहरुलाई दुरुत्साहित गर्न, असफल बनाउन, ब्यबधान सिर्जना गर्न र दिग्भ्रमित तुल्याउन लाग्नेहरुमा सीमा पारीका नभएर सीमा वारीका नेपाली अनुहार भएकाहरु नै हुन सक्ने र र उनीहरु बिभिन्न रुपमा आउन सक्ने कुरामा चनाखो हुनै पर्छ । उताका त ढुक्कसंग उपरखुट्टी लगाएर निर्देशन दिने काम मात्रै गरिराखेका हुन्छ्न र सीमा वारी कुर्सीमा बस्नेहरुले समेत नै त्यस्ताहरुलाई पाल्ने, हुर्काउने र उपयुक्त बातावरण दिने काम गरिराखेका हुन्छन । त्यसैले सच्चा देशभक्तहरु पाइला पाइलामा चनाखो हुनुपर्छ । बिषालु साँपहरु नेपाली अनुहारमा तपाईंंकै वरिपरि बिभिन्न भेषमा हुन सक्छन र कुनै पनि बेला कुनै पनि रुपमा आक्रमणको शिकार बन्न सक्नुहुनेछ । यो कुरालाई हामीले वुद्ध जन्मस्थल बिषयमा सिर्जित विस्वब्यापी दिग्भ्रम निस्तेज गर्ने अभिप्रायले जनस्तरबाट शुरु गरिएको अभियानलाई अगाडि बढाउने क्रममा २०१० देखि अनुभव गर्दै आएका छौं ।

कुनै पनि देशको सरकारको पहिलो दायित्व भनेको राष्ट्रियताको संरक्षण गर्नु हो । एक्काइसौं शताब्दीमा ठूलो र शक्तिशाली देशसंग सानो र कम्जोर देश भनेर राष्ट्रियताको बिषयमा लत्रनुले अर्थ राख्दैन । बिध्वंसकारी भूकम्पको शिकार बनेको बेलामा मानवीय संवेदना दर्शाउनुको सट्टा नाकाबन्दी लगाएर दु:ख दिन समेत पछि नपरेको भारतको बिरुद्ध राष्ट्रसंघ र यूरोपियन युनियनमा समेत आवाज उठेको प्रमाण नै हामीसंग छ । बारंबारका सीमा अतिक्रमण, हत्या, लुट, बलात्कार जस्ता अमानबीय वास्तविकताहरुलाई अन्तराष्ट्रियकरण गरिने हो भने न्यायका पक्षमा अन्तराष्ट्रिय समर्थन नजुट्ने भन्ने प्रश्नै छैन ।

जव देश अप्ठ्यारोमा पर्दछ त्यतिखेर जाति, धर्म, दल, बर्ग सबैभन्दा माथि उठ्नु पर्छ हामी । हामी सम्पूर्ण नेपालीको एउटा साझा घर हो नेपाल । दुई तिहाइको स्थिर सरकार देशको संबृद्धिको नाराका साथ अगाडि बढिराखेको बेलामा बारंबारका यस्ता हेपाहा प्रबृति पुन: नयाँ ढंगले यसरी देखिंदा सर्ब दलिय भेला भएर राष्ट्रियताको मुद्धामा एकजुट भएकोले पुन: यस्ता समस्या उठनै नसक्ने गरी सदाका लागि बन्द गर्नतिर लाग्नै पर्छ । यो नै अब सही समय हो जस्को सदुपयोग गरी भारतसंगको सीमा बिबाद अब निर्णायक बनाएर बारंबारका यस्ता हेपाहा प्रबृतिलाई सदा सदाका लागि बन्द गर्नतिर लाग्नै पर्छ – यस्मा बर्तमान सरकार चुक्नै हुँदैन, किनकि देशले यस्तो अबसर पुन: पाउँछ पाउँदैन ठेगाना छैन ।