यसरि हुदैछ प्रदेश-१ सरकारले धरानमा आयोजना गर्ने चलचित्र महोत्सवको तयारी (भिडियो सहित)

ईटहरी/ प्रदेश १ सरकारको आयोजनामा ‘धरान चलचित्र महोत्सव-२०७६’ हुने भएको छ । महोत्सब कार्तिक २९ गतेदेखि मंसिर २ गतेसम्म धरानको सभागृहमा हुने भएको हो । प्रदेश १ सरकार संगै सह-आयोजकको रुपमा स्वीस सरकार विकास सहयोग एसडिसि र धरान उपमहानगरपालिका रहेको छ । महोत्सवको उद्घाटन सत्रको दिन ५ हजार भन्दा बढि प्रदेश १ बासीको उपस्थिति तथा अवलोकन गराउने सरकारको लक्ष्य रहेको बताईएको छ । धरानको भोटे पुलबाट पश्चिममा रहेको सभागृहमा हुने महोत्सवको तयारी भव्य रुपले भैरहेको छ । हेर्नुस महोत्सब तयारी स्थल र कसरि तयारी हुदै छ भन्ने बारेको भिडियो ।

प्रदेश सरकार आयोजक भएको तर धरान महोत्सव नाम राखिएको र २ ओटा नाम रहेकोले पनि केहि अन्यौलता भएको थियो । तर यो महोत्सव धरान महोत्सव नभएर अन्तराष्टिय चलचित्र महोत्सव २०७६ नै रहेको, आकर्षण बनाउन मात्र धरान महोत्सव भनिएको प्रदेश नं. १ मुख्य मन्त्री कार्यलयका सचिव सुरेस अधिकारीले आइतबार धरानमा आयोजित पत्रकार सम्मेलनमा बताए । सचिव अधिकारीले फेरी थपे ‘महोत्सवमा सम्मानको कार्यक्रम पनि रहने छ, जुन अन्तिम दिन मंसिर २ गते हुने’ बताए । महोत्सबलाई किम्फ र स्थानिय धरान चलचित्र संघ र प्रदेश १ कलाकार संघले व्यवस्थापन गरिरहेको छ ।

धरानमा चलचित्र हेर्ने परम्परा निकै पुरानो रहेको र हङकङमा बनेका सिनेमाहरु पनि हेरीसकेको, राम्रो दर्शक, चलचित्रलाई माया गर्ने मान्छेहरु भएकाले यो महोत्सव धरानमा गर्न लागिरहेको हो । हिमाल असोसियसनका एक प्रतिनिधिले भने । ५ मिनेट देखि ९० मिनेट सम्मको चलचित्र महोत्सवमा हेर्न पाउने व्यवस्था रहेको छ । महोत्सब समयअवधिमा नेपालि, प्रदेश १ मा बनेका चलचित्र र स्विस चलचित्र गरि ३० ओटा चलचित्र देखाईने योजाना रहेको पत्रकार सम्मेलनमा बताईएको थियो । चलचित्र हेर्दा कुनै शुल्क लाग्दैन । महोत्सवमा राष्टिय देखि अन्तराष्टिय स्तरका कलाकार समेत ल्याईने भएको छ । सरकाले महोत्सवलाई सफल पार्न हरेक क्षेत्रबाट निकैनै मेहेनत गरिरहेको बताएको छ ।