गुल्मीमा तीन जनाको हत्या काण्डः को हुन एक महिलासंगै एउटै कोठामा सुतेका तीन पुरुषहरु ? नालीबेली सहितको भिडियो

प्रेम सुनार

बुटवल , कार्तिक केहि दिन अघि गुल्मीको चन्द्रकोट गाउँपालिकामा अन्दाजी बर्ष ७ र १२ बर्षकी दुई बालिका र अन्दाजी २५ देखि ३५ बर्ष उमेरकी एक महिला सहित तिन जनाको एकै साथ विभत्सव हत्या घटनााई पछ्याउँदै जाँदा केहि शंका स्पद गतिविधीहरु देखा परेका छन । कार्तिक १६ गते सो गाउँपालिका वडा नम्वर ३ हर्राचौर , साविक विशुखर्क गाविस वडा नम्व २ को उर्लेनी , गैढुङ्खा झारखर्कको विचमा पर्ने खोंंचमा मृत फेला परेका बेवरिसे एक महिला र दुई वालिकाको शव अहिले सम्म पहिचान हुन सकेको छैन । गुल्मीको जिल्ला अस्पतालमा धेरै दिन राख्न नमिल्ने भए पछि तिनै जनाको शव अहिले सम्म पाल्पाको मिशन अस्पतालमा राखिएको छ । हत्यारा शव सडे–गलेर किरा परेकको अबस्थामा फेला परेको थियो । शव फेला परेको डेढ हप्ता लागी सक्दा पनि प्रहरीले शवको पहिचान र हत्यार पत्ता लगाउन नसके पछि हामी चन्द्रकोट गाउँपालिकाको केन्द्र रहेको शान्तिपुर बजारमा शव फेला परेको केहि दिन अघिको गतिविधी बुझ्न त्यहाँ पुगेका थियौं ।

शंकाको सुई शान्तिपुर

् शव फेला पर्नुको सात दिन अघि शान्तिुपरको एक होटलमा केहि शंकास्पद मानिसहरुको आगमन भएको थियो । त्यस पछि शान्तिपुरबाट ती मानिसहरु पुगेको अन्य स्थान सम्मको यात्रा गरेर ठाउँ ठाउँमा त्यहाँका वासीन्दा संग बुझनका लागि हामी शान्तपीरबाट हरौचौर हुँदै घटना स्थल तर्फ लाग्यौ । एउटा शंका स्पद थलो हो ओलीबाङ्ख , अर्को धौलादिप त्यस पछि बजेनी र अर्को हो त्यही घटना स्थल उर्लेनी । त्यहाँ सम्म पुगेर हाम्रो दुई दिन सम्मको स्थलगत रिर्पोटिङ्खबाट यो बुझ्यौंकी शव फेला परेको ७ दिन अघि अर्थात कार्तिक ९ गते साँझ करिव साढे पाँच बजेको समयमा शान्पिुरका लागि एकदमै अपरिचीत तीन जना पुरुष , एक महिला र दुई बालिका बुटवलबाट आएको लु १ ज ६३१५ नम्वरको बसबाट ओर्लिन्छन । त्यस बसका चालक रुद्रबहादुर कुँवर भन्छन यति नै नम्वरको सिट भनेर त हेक्का राख्न सकिएन तर उनीहरु अगाडीनै बसेका थिए । सिट नम्वर ३ , ४ , ५ र ६ वा ५ , ६, ७ र ८ सिट हुनु पर्छ । तीन जना पुरुष थिए । एउटी महिला र दुई जना बालिका थिए , उनीहरुलाई शान्तिपुर बसपार्क ल्याएर ओरालेका थियौं । एउटा पुरुषको उमेर ४० , ४२ बर्षको जस्तो देखिन्थ्यो । अन्य दुई जना पुरुषहरु बिस बाईसे उमेरका जस्ता देखिन्थे । महिलाको उमेर ३० , ३५ बर्ष जतिको लाग्थ्यो । बालिकाको उमेर तिर हेक्का राखिएन –कुँवरले सोधपुछ गर्ने सबै संग यस्तो बताएका छन । थप भिडियोमा हेर्नुहोस ।